मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

महिला संयोजक पदमा मेरो विजयको सुनिश्चित छ भन्दै अमेरिका भरी रहेको महिलाहरूको बिचमा सञ्जाल तयार गर्ने अठोट गरेकी छु -इन्दिरा त्रिपाठी

महिला संयोजक पदमा मेरो विजयको सुनिश्चित छ भन्दै अमेरिका भरी रहेको महिलाहरूको बिचमा सञ्जाल तयार गर्ने अठोट गरेकी छु -इन्दिरा त्रिपाठी


एनआरएन अमेरिकाको आसन्न चुनावमा लस एन्जलस निवासी सकृय सामाजिक अभियान्त  इन्दिरा त्रिपाठीले महिला संयोजक पदमा उम्मेदवारी घोषणा गरिसकेकि छिन् । 
 
नेपाल अमेरिका एकता समाजकी पूर्व महासचिव त्रिपाठी एनआरएन अमेरिका राष्ट्रिय महिला समितिमा हाल काम गरिरहेकी  पनि छिन् ।
 
गत चुनावमा वर्तमान एनआरएन को महिला संयोजक राधा पौडेललाई संस्थामा सहमतिको माध्यमबाट नेतृत्व चयन गर्नुपर्दछ भन्दै आफ्नो उम्मेदवारी फिर्ता लिई निर्बिरोध गराउन सहयोग गरेकी थिइन् साथै हाल पनि सम्पूर्ण कार्य समितिका पदाधिकारीहरू र उम्मेद्वारीहरु इन्दिरा त्रिपाठीलाई सहयोग र साथ दिने अठोट बचन गरेका छन् |
 
लस एन्जलसमा विभिन्न सामाजिक संस्थाहरूमा आबद्ध तथा लामो समय देखि सामाजिक अभियान्तको रूपमा सकृय त्रिपाठीलाई वर्तमान संयोजक पौडेल लगायत सम्पूर्ण अमेरिकाबासी महिलाहरूको  साथ , सहयोग र समर्थन रहेको उनले बताइन् ।
 
एनआरएनका विगतका दुई निर्वाचनमा महिला संयोजक पदमा निर्बिरोध निर्वाचित भएका उनी यसपालिको  महिला संयोजक पदका लागि आफूलाई क्षमतावान् ठान्ने त्रिपाठी सम्पूर्ण लसएन्जल्सबासी नेपाली हरुको मन जित्न सफल भएको र आफू प्राविधिक हिसाबले ब्युटिसियन तथा व्यावसायिक महिला पनि भएकोले अमेरिकाभरी छरिएर रहेका विभिन्न क्षेत्रका महिला दिदिबहिनीहरुको बिचमा एकता गराउदै एउटा सञ्जाल निर्माण गराउने र महिलाहरूको क्षमता विकास गराउने खालको कार्यहरूमा जोड़ दिने बताउछिन् ।
 
अबको एन आर एन लाई हाम्रो एन आर एन बनाउन सहयोग पुर्‍याउने र आफ्नो नेतृत्व हरेक अमेरिकन नेपालीहरूको पहिलो आफ्नो घर वा संस्था एनआरएन हो भन्ने भावनाको विकसित गराउन र उन्नत प्रवासी नेपाली समाज आजको आवश्यकता हो भन्ने विषयलाई जोड़ दिँदै त्रिपाठी अमेरिका भरी विभिन्न क्षेत्रमा आबध्दता भएका नेपाली दिदिबहिनीहरुको बिचमा समन्वय सहकार्य गर्दै सञ्जालको बिस्तार गर्ने बताउछिन् ।