मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएन अमेरिकामा सदस्य संख्यामा पुन विवाद

एनआरएन अमेरिकामा सदस्य संख्यामा पुन विवाद


हिमालयखवर संवाददाता
न्युयोर्क (अमेरिका)-  एनआरएन अमेरिका सदस्यता भेरिफिकेसन समितिले सदस्य संख्यामा विरोधाभास पूर्ण तथ्यांक दिएपछि पुन विवाद आएको छ । 
 
एनआरएन अमेरिकाको सोमवार साँझ बसेको कार्यसमिति बैठकमा समितिका संयोजक तिलक श्रेष्ठले सदस्य संख्या १४ हजार ७ सय २२ कायम रहेको जानकारी दिएपछि विवाद भएको हो । 
 
कार्यसमितिका पदाधिकारीले किन २ हजार भन्दी रद्द भए पारदर्शी गर्न र सूचीमा नपरेका सदस्य आवेदन पनि सार्वजनिक गर्न माग गरेका छन् । श्रेष्ठले भेरिफिकेसनवाट १ हजार ७१८ सदस्य रद्द भई १५ हजार १६५ कायम भएको बताएका थिए । यही आधारमा कार्यसमिति सदस्यले संख्या किन फरक पर्‍यो भन्ने प्रश्न गरेका थिए । 
 
यस्ता प्रश्न उठेपछि भेरिफिकेसन समितिले मंगलवार एक दिन थप समय मागेको थियो । भेरिफिकेसन गर्दा थुप्रै कैफियतदेखिएको केही व्यक्तिहरूको नाम छुटेको भन्दै भेरिफिकेसन समितिको ध्यानाकर्षण गराएका थिए । 
 
एनआरएन अमेरिकामा सदस्यता विवाद पुरानो हो । वर्तमान कार्यसमितिले नक्कली सदस्य बनाएर चुनाव जितेको आरोपमा अदालतमा मुद्दा परेको थियो । यो मुद्दा अझै विचाराधिन छ । 
 
सदस्यता विवाद टुंग्याउन नसक्नुमा चुनाव मुख्य कारण भएको पदाधिकारीले बताए । कति राख्ने कति काट्ने यो दबाबमा समिति परेको ती पदाधिकारीले बताए । यो विवादले निर्वाचन पनि अन्यौलमा परेको छ । एनआरएन अमेरिकामा कार्यसमितिको पदावधी दुई वर्ष हुन्छ । यो कार्यसमितिले दुई वर्षको अवधि पुरा गरिसकेको छ । 
 
मुख्य रूपमा विवाद अध्यक्ष पदमा उम्मेदवार घोषणा गरेका डा केशव पौडेलले र गौशी जोशीका कारण लम्बिईरहेको ती पदाधिकारीको दाबी छ । जोशी निकट स्रोतले भने यस्तै विवाद भइरहने हो भने एनआरएनमा जानु सदस्य हुनुको कुनै अर्थ नहुने बताए ।