मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा कसले कति कमाउंछन्

अमेरिकामा कसले कति कमाउंछन्


हिमालयखवर संवाददाता- 
अमेरिका- मेगन केली अमेरिकामा टेलिभिजन स्टार हुन् । समाचारवाचिका केलीको वार्षिक कमाई झण्डै १ करोड २० अमेरिकी डलर (करिब १ अर्ब २५ करोड नेपाली रुपैंया) हुन्छ । विश्वकै ठुलो अर्थतन्त्र भएको देश अमेरिकामा केली जस्ता सेलिब्रेटी देखि कम्पनीका प्रमुख कार्यकारी बढी कमाउनेमा पर्छन । गुगलका प्रमुख कार्यकारी सुन्दर पिचाई सन् २०१६ मा कम्पनीबाट २० करोड डलर  तलब पाए । तर, सबै केली र सुन्दर जस्ता भाग्यमानी भने छैनन् । दिउसो श्रम गर्ने ५७ वर्षीय फ्रान्सिस्को क्युनिनेजले गत वर्ष जम्मा १०४०० डलर मात्र कमाए । 
 
प्राय दैनिक जसो टेलिभिजनमा देखिने ह्वाइट हाउसका प्रेस सचिव सिन स्पाइसको तलब वार्षिक तलब १ लाख ७६ हजार ४६१ डलर मात्र छ । वाल्ट डिस्नेका प्रमुख कार्यकारी रोवर्ट इ इयरले भने सन् २०१६ मा ४ करोड ३५ लाख डलर पारिश्रमिक लिए ।
 
अमेरिकामा सन् २०१६ मा मात्र २० लाख नयाँ रोजगार थपिए । आउने पाँच वर्षमा ७२ लाख रोजगारका अवसर थप हुने अनुमान गरिएको छ । रोजगारका अवसर थपिएकाले बेरोजगारी दर पाच भन्दा तल झरेको छ । कोलोराडोमा त बेरोजगारी दर ३ प्रतिशत भन्दा कम छ । यसको मतलब हो काम गर्न तयार हुनु पर्‍यो ठाउँ जतिभनेपनि छन् ।
 
न्यूरोसर्जनले औषतमा बािर्षक ३ लाख ८५ हजार डलर कमाउंछन् । अडियोलोजिष्टको औषत मध्यम पारिश्रमिक ७४ हजार ८९० डलर हुन्छ । सन् २०१४ देखि २०२४ सम्म यस क्षेत्रमा रोजगारी वृद्धिदर २८ प्रतिशतले हुने अनुमान छ ।
 
स्कुल प्रशासकको मध्यम औषत पारिश्रमिक ७६ हजार ७०० डलर हुन्छ । यस्तै अकोपेष्लन थेरापिष्टको ८० हजार १५० डलर बािर्ष कमाई हुन्छ । यस क्षेत्रमा पनि जनशक्ति माग बढ्दो छ ।
 
कुन क्षेत्रमा कसले कति वार्षिक कमाउंछन हेरौं
 
प्ँँउला हेकननेष्ट वर्ष – ३०
मेकअप आर्टिष्ट
६५ हजार डलर
 
जेम्स पार्टरिजिओ वर्ष – ५१
बाल्टिमोर प्रोफेसन पोकर डिलर
५० हजार डलर
 
लोरी जोन्स वर्ष – ७८
बुरब्यांक क्यालिर्फिोनिया
विडिगं तथा इभेन्ट कोओर्डिनेटर
३८ हजार डलर
 
कंग्रेसम्यान जोन लुईस वर्ष ७७
अट्लान्टा
१ लाख ७४ हजार डलर
 
इथन सकमिथ वर्ष – २६
अनक्यासभिल कनिटिकट मरिन इन्जिनियर
१ लाख ४८ हजार डलर
 
क्रिष्टिना ग्राण्ट वर्ष – २३
ह्याण्ड मोडल 
१० हजार डलर
 
थोमस बेयमेर वर्ष – ४४ 
फुड ट्रक मालिक 
८५ हजार डलर
 
सेथ सिमास वर्ष – २८
क्यालिफोर्निया हाइस्कुल हिष्ट्री टिचर
७२ हजार १०७
 
जेमी किमेल वर्ष – ४९
लसएञ्जल्स टेलिभिजन कार्यक्रम प्रस्तोता
१ करोड ३० लाख देखि १ करोड ५० लाख डलर सम्म
 
कोलिन वालिंगर वर्ष – ३० 
लसएञ्जलस युटूवर 
५ करोड डलर
 
मेरी ए लेनी वर्ष – ५७ 
रेडियोलोजिष्ट
६४ हजार डलर
 
महोम्मद मुगल वर्ष – ५३
चिफ इन्जिनियर 
युएस एयर फोर्स 
१ लाख ३३ हजार डलर
 
स्कट केली वर्ष – ५३
एस्ट्रोनट  
१ लाख ५८ हजार डलर
 
एमी सुमेर वर्ष – ३५
कमेडियन 
१ करोड ७० लाख डलर (अनुमानित)
 
(तथ्याङ्क स्रोत द डेनभर पोष्ट)