मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनअारएनको सदस्य दुइहजार घट्नसक्ने

एनअारएनको सदस्य दुइहजार घट्नसक्ने


हिमालयखवर संवाददाता 
अमेरिका- एनआरएन अमेरिका सदस्यता छानबीन समिति (भेरिफिकेसन कमिटी) ले सदस्यताका लागि आवेदन दिनेलाई पुन एक पटक इमेल वा फोन आएको भए जवाफ दिन आग्रह गरेको छ । समितिले आउटलुक इमेल राखेर सदस्यताका लागि अावेदन दिने सबै इमेललाइ शंकाको सूचिमा राख्दै थप विवरण मागेको छ ।
 
आउटलुक इमेल कम्प्युटरको अपरेटिंग सिस्टम माइक्रोसफ्टको निःशुल्क इमेल सेवा हो । भएभरका आउटलुक इमेलका वाहक सदस्यता अावेदकलाइ शंकाको सूचिमा राखेर समिति अघि बढेको छ । 
 
समितिले त्यस्ता इमेल वाहकलाइ तत्काल जवाफ दिन आग्रह गरेको हो । 'हामीले करिब दुई हजारलाई छानविनका क्रममा शंकामा राखी इमेल पठाएका छौँ' समितिका संयोजक तिलक श्रेष्ठले भने-'तर, कसैको पनि इमेलको जवाफ आएको छैन । हामी चाहान्छौँ सदस्य हुनवाट कोही पनि छुट्नु हुँदैन ।' 
 
समितिले इमेलको जवाफ तत्काल दिन पुनः आग्रह छ । झण्डै एकसय ५० इमेल त ठेगाना नमिलेर फिर्ता आएको पनि उनले जानकारी दिए । 
 
समितिले आइतवार सम्म सदस्यता छानबीन गरी एनआरएन अमेरिकाको निर्वाचन समितिलाई प्रतिवेदन बुझाउने भनेको थियो । तर, अव एक दिन ढिलो सोमवार बुझाउने तयारी समितिले गरेको छ । 
 
'विभिन्न च्याप्टरवाट छानबीन गर्नु पर्ने नाम थपिएकाले एक दिन ढिलो भएको हो' श्रेष्ठले भने । समितिले करिब १५ हजारको हाराहारीमा मात्र सदस्य रहने सम्भावना रहेको जनाएको छ । 
 
सदस्यता माग गर्ने मध्ये भेरिफिकेसन हुन नसकेको करिब दुई हजार फालिने सम्भावना रहेको बताइएको छ । टेक्ससवाट सबैभन्दा बढी यस्तो नाम भएको समितिका एक सदस्यले बताए । 
 
टेक्सस पछि क्यालिफोर्नियावाट शंकास्पद नाम बढी छन् । टेक्ससवाट सदस्यताका लागि सबैभन्दा बढी निवेदन परेको थियो । समिति संयोजक श्रेष्ठले केही दिन अघि छानविन गर्नु पर्ने संख्या निकै सानो २/३ सय मात्र रहेको बताएका थिए । 
 
एनआरएन अमेरिकामा सदस्यताका लागि करिब १७ हजारको आवेदन परेको थियो । भेरिफिकेसन समितिले प्रतिवेदन वुझाएपछि पनि निवेदन दिनेले सुचीमा आफ्नो नाम नभएको खण्डमा प्रमाण सहित राख्न अनुरोध गर्न सक्ने श्रेष्ठ जानकारी दिए । 
 
समितिले छानबीनका लागि भन्दै थप विवरण मागिएको इमेलको सूचि सबै सदस्यको लागि निवेदन दिनेहरू सबैलाई पुगेको छ । जसलाई इमेल गरिएको हो उही व्यक्तिलाई मात्र पठाउनुपर्नेमा सबैलाई सबैको इमेल सूचि पठाइएको छ । यसले गर्दा व्यक्तिको प्राइभेसी उल्लंघन छानबीन समितिले गरेको गुनासो छ । 
 
एकातिर अउटलुक जस्तो माइक्रोसफ्टको इमेललाइ शंकाको घेरामा राखिएको छ भने अर्कातिर सयौ व्यक्तिको इमेल अरूलाई पठाएर गोपनियता भंग गरेको विषय पनि अहिले भेरिफिकेसन समितिभित्रै चर्चा भइरहेको छ । 
 
तर, समितिका पदाधिकारीहरू भने भेरिफिकेसन समितिमा नपरेकाले पनि निर्वाचन अयोगमा उजुरी गरेर सदस्यता कायम गर्नसक्ने दाबी गर्छन् । 'भेरिफिकेसनमा नपर्नेले पनि निर्वाचन समितिमा किन आफ्नो नाम परेन भनेर दाबी गर्न सक्छन्' श्रेष्ठले भने-'प्रमाण पुगेको अवस्थामा नाम थपिन सक्छ र ती सदस्यले भोट पनि हाल्न पाउँछन् ।'
 
टेक्सस र क्यालिफोर्निया राज्यमा भेरिफिकेसनका क्रममा सदस्यताको लागि निवेदन दिने मान्छे जेन्यूइन हो कि होइन भनेर पत्ता लगाउने भन्दा पनि इमेलमा समिति बढ्ता केन्द्रित भएको गुनासो स्वयम् समितिका सदस्यहरूको छ । 
 
छानविन समितिले दिएको सदस्यता विवरणका आधारमा निर्वाचन समितिले मतदाता सुची बनाउँछ । यसपछि निर्वाचन कार्यक्रमहरू सार्वजनिक हुन्छन् । 
 
अघिल्लो पटकको एनआरएन अमेरिकाको सदस्यताका लागि करिब १० हजारले निवेदन दिएका थिए । यही आधारमा निर्वाचन भएको थियो । 
 
तर, हार्ने पक्षले नक्कली सदस्य बनाएको आरोप लगाएका थिए । अहिले पनि नक्कली सदस्य बनाइको हल्ला छ ।
 
एनआरएन अमेरिकाको वर्तमान कार्यसमितिले दुई वर्ष पुरा गरेको छ । यस अघिको कार्यक्रम अनुसार मे २० र २१ मा निर्वाचन राखिएको थियो । नयाँ निर्वाचन तालिका अहिलेसम्म सार्वजनिक भएको छैन ।