मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा पौडी खेल्दा डुबेर नेपाली विद्यार्थीको निधन

अमेरिकामा पौडी खेल्दा डुबेर नेपाली विद्यार्थीको निधन


हिमालयखवर संवाददाता
मिनिसोटा (अमेरिका) – अमेरिकाको उत्तरी राज्य मिनिसोटाको एक विश्वविद्यालयमा अध्ययनरत नेपाली बिद्यार्थीको नदीमा डुबेर निधन भएको छ ।
 
स्थानीय साउथवेस्ट मिनिसोटा स्टेट युनिभर्सिटीमा अध्ययन गर्ने अर्बिन थापाको शनिबार दिउँसो पौडी खेल्ने क्रममा नदीमा डुबेर निधन भएको हो । 
 
मृतक थापाका आफन्त प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष प्रभु थापाका अनुसार डेढ वर्ष अघि उच्च शिक्षाका लागि उनी अमेरिका आएका थिए । उनी हस्पिटालिटी मेनेजमेन्ट अध्ययन गर्न सन् २०१५ अगष्टमा अमेरिका आएका थिए । 
 
लमजुङको सुन्दरबजार–३ भोटेओढार घर भएका २० वर्षिय थापाको शवलाई अहिले पोस्टमार्टका लागि स्थानीय अस्पतालमा राखिएको छ । शनिबारदेखि नदीमा डुबेर हराइरहेका उनको शव आइतबार बिहान भेटिएको थियो ।