मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

अनुगमन टोलीले छापा मार्दा ८ वटा पसलमा ताला बन्दि

अनुगमन टोलीले छापा मार्दा ८ वटा पसलमा ताला बन्दि


वैशाख १०, आपूर्ति  व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग, आपुर्ती मन्त्रालय र जिल्ला प्रशासन कार्यालय चितवनको संयुक्त टोलीले चितवनको नारायणगढ बजारका ३० वटा पसलहरुको अनुगमन गरेको छ । किराना पसल, अटो वर्क शप मासु पसल देखी होटेल सम्म गरिएको अनुगमनका क्रममा बजारका ८ वटा व्यापारिक प्रतिष्ठानहरु बन्द गराएको छ । 
 
टोलीले ४ वटा ओर्कसप  १ वटा फिजियो थेरापी सेन्टर १ किराना पसल १ होटर र १ वटा सौलुन बन्द गराएको जिल्ला प्रशासन कार्यालय चितवनका बजार संरक्षण अधिकृत ओम नारायण शर्माले बताउनु भयो । अनुगमनका क्रममा बिना दर्ता सञ्चालन भएको भेटिएका राकेश जयसवाल किराना पसल, जयमा दुर्गा शैलुन, बाबा होटेल,हेटौडा अटो वक्र्स, हिरा रेडी वाटर वर्कशप, अटो गणेश वर्कशप,मोहन शर्माको फलाम पसल र नारायणी हेल्य केयर सेन्टर बन्द गराएको  शर्माले बताउनु भयो ।
 
बजारमा भारतीय लनागरिकले सञ्चालन गरेका अधिकाम्स ओर्कशपहरु बिना दर्ता सञ्चालनमा आएको पाइृएको र तिनीहरूलाई कानुनी दायरामा ल्याउन कार्यालय लागेको उहा बताउनु हुन्छ ।
 
चितवन र नवलपरासीमा उपभोक्ता स्वास्थ्यमा चरम खेलवाड भई उपभोक्ताहरु ठगिएको गुनासाहरु बढेकाले बजार अनुगमन गरी व्यवसायी लाई कानुनी दलायरामा ल्याई उपभोक्ता स्वास्थ्यको रक्षा गर्न आफूहरू आएको  उपभोक्ता हित संरक्षण विभागका शाखा अधिकृत पवन प्याकुरेलल बताउनु भयो । टोलीले चितवन र नवलपरासी जिल्लाका विभिन्न क्षेत्रमा अनुगमन गर्ने छ ।
 
टोलीमा आपुर्ती मन्त्रालयका केन्द्रीय अनुगमन समिति सदस्य रामकुमार केसी, सम्झना पौडेल, विभागका नायव सुब्बा दिलीप पौडेल , जिल्ला प्रशासन कार्यालय चितवनका बजार संरक्षण अधिकृत ओम नारायण शर्मा लगायत रहनु भएको छ । चितवनमा बिर्ना दर्ता सञ्चालनमा आएका वर्कशपहरुलाई कानुनी दायरामा ल्याउन आफुहरुले पटक पटक पहल गरेको र मन्त्रालयबाट अनुगमन हुनु सुखद भए पनि पहिलो चरणमै बन्द गराईनु दुखद भएको अटो मेकानिकल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष बलराम भण्डारीले बताउनु भयो । पहिलो चरणमा केही दिनको समयअवधि दिनु पर्ने उहा बताउनु हुन्छ । 
 
यसैबिच  विभागले चितवनको कमलनगरमा सञ्चालनमा रहेको नारायणी हेल्थ केयर सेन्टरलाई बन्द गराएको छ । सरकारी मापदण्ड विपरीत सञ्चालनमा आएकोले त्यसलाई बन्द गराएको विभागका शाखा अधिकृत पवन प्याकुरेलले बताउनुभयो ।
 
थेरापि गरी रोग निको बनाउने भन्दै नेपाल सरकारको मापदण्ड बिनै कोरियाबाट मेसिन आयात गरी नेपालीहरूलाई ठगि गरेको पाईएपछि उसलाई बन्द गराएको उहा बताउनु हुन्छ ।
 
बिज्ञेन मेडिकल कोरियाबाट मान्यता प्राप्त कोरियान थेरापी प्रविधि भित्राएर नेपालमा दर्ता बिनानै निःशुल्क उपचारको नाममा बिरामीलाई मेसिन बेच्ने कार्य गरेको पाईएकाले विभागको नेतिव्मा आएको टोलीले मान्यता प्राप्त नहुदा सम्मका लागी हेल्य केयर सेन्टर बन्द गर्न निर्देशन सहितको पत्र बुझाएर सटर बन्द गराएको जिल्ला प्रशासन कार्यालय चितवनका बजार संरक्षण अधिकृत ओम नारायण शर्माले बताउनु भयो । 
 
सुरेन्द्र बोहराले विगत लामो समय देखि बिना दर्ता चलाएको र पटक पटक आग्रह गर्दा पनि प्रक्रियामा नआएपछि बन्द गराएको उहा बताउनु हुन्छ । अव पनि अटेर गरी सञ्चालनमा आए सञ्चालक लाई पक्राउ गरी कानुनी उपचार गरिने उहाँले बताउन’ भयो । त्यहाँ मानिसका जटिल प्रकारका रोगहरू फिजियो थेरापि मार्फत निको हुने प्रचार गरी ३ लाख सम्ममा मेसिन बिक्री गर्नेगरेको बुझिएको छ ।