मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएन अमेरिका सदस्यता छानविन समिति भन्छ, निकै सानो सङ्ख्यामा मात्र कैफियत

एनआरएन अमेरिका सदस्यता छानविन समिति भन्छ, निकै सानो सङ्ख्यामा मात्र कैफियत


हिमालयखवर संवाददाता- 
न्युयोर्क (अमेरिका)। एनआरएन अमेरिका सदस्य छानविन समिति (भेरिफिकेसन कमिटीले)ले सदस्यताका लागि आवेदन दिने मध्ये निकै सानो सङ्ख्यामा मात्र जांचपड्ताल गर्नु पर्ने देखिएको जनाएको छ । आवेदन दिने मध्ये छानविन गर्दा खासै धेरैमा समस्या देखिएन समितिका संयोजक तिलक श्रेष्ठले बिहीबार हिमालयखवरसंग भने अहिलेसम्म हामीले छानविन गर्नु पर्ने २, ३ सय मात्र भेट्यौं । 
 
एनआरएन अमेरिकाका लागि करिब १७ हजारले सदस्य बन्न फारम भरेका थिए । यस मध्ये कयौँ नक्कली भएको बाहिर हल्ला थियो । यो हल्ला खाली हल्ला मात्रै रहेछ बाहिर आए जस्तो रहेनछ श्रेष्ठले भने समस्या देखिनेलाई पनि हामीले फोन गर्‍यौँ उहाँहरूले सम्पर्कमा आउनु भयो  के हो समस्या भन्यौं समाधान भएको छ । २, ३ सयलाई यसरी सम्पर्क गरिएको उनले जानकारी दिए । 
 
समितिले आउने अप्रिल २३ मा छानविन पछिको सदस्यता विवरण एनआरएन अमेरिका निर्वाचन समितिलाई बुझाउने तयारी गरेको पनि श्रेष्ठले जानकारी दिए । तीव्र गतिमा काम भइरहेको छ, हामीले च्याप्टरहरुवाट पनि राम्रो सहयोग पाएका छौँ श्रेष्ठले भने सबैले सहयोग गर्नु भएको हुदां सजिलो भएको छ । 
 
छानविनमा कुनै समस्या नआएको पनि श्रेष्ठले बताए । थोरै सङ्ख्यामा सदस्यताका लागि आवेदन दिने राज्यमा कुनै समस्यानै देखिएन श्रेष्ठले भने मिनियोसोटामा ७५ जनाको निवेदन परेको छ, त्यहाँ कुनै समस्या पाइएन । 
 
टेक्सस, न्युयोर्क, क्यालिफोर्निया जस्ता राज्यमा एउटै इमेल दोहोरिएका, अन्य कैफियत देखिएका केही बढी भएको उनले बताए । 
 
त्यहाँबाट सदस्यताका लागि निवेदन पनि धेरेको आएको छ, २०, ३० जना छानविनमा पुर्न ठुलो होइन श्रेष्ठले भने । यी सदस्यताका लागि सबैभन्दा बढी निवेदन परेका राज्य हुन् । यहाँ नेपालीको बसाई पनि बढी छ । टेक्ससवाट सबैभन्दा बढी निवेदन परेको छ । 
 
संयोजक श्रेष्ठले एनआरएन अमेरिकामा छानविन पछि करिब १६ हजार सदस्य रहने अनुमान गरेको बताए । करिब १७ हजारले सदस्यताका लागि निवेदन दिएका थिए । 
 
अहिलेको सदस्यताको निवेदन हेर्दा २६ राज्यमा च्याप्टर बन्ने देखिएको एनआरएन अमेरिकाका महासचिव समेत रहेका श्रेष्ठले जानकारी दिए । एक सय जना भन्दा बढी भएका राज्यमा च्याप्टर गठन हुन सक्छ । अहिले १६ राज्यमा एनआरएन अमेरिकाका च्याप्टर छन् । 
 
छानविनका क्रममा समितिले कैफियत देखिएकालाई आफैँ फोन गरेर बुझ्ने गरेको छ । यसरी सम्पर्क नभए म्याजेस छाड्ने गरेको छ । इमेलबाट पनि जानकारी पठाइएको उनले बताए । कतिको एउटै इमले एक भन्दा बढी स्थानमा प्रयोग भएको पाइएपनि सम्पर्कमा आउनेलाई अर्को इमेल दिन भनिएको छ श्रेष्ठले भने श्रीमान् श्रीमती छन् उहाँहरूले थाहा नभएर एउटै इमेल पनि दिनु भएको रहेछ यस्तो लाई व्यवहारिकता हेरेर मिलाईएको छ । 
 
श्रेष्ठले सदस्यता छानविन भइरहेको हुदां समितिले गर्ने फोन उठाउन, सम्पर्क नभए पुन फोन गर्न, इमेल वा म्यासेजको जवाफ दिन अनुरोध गरेका छन् । तपाईँलाई केही शङ्का छ भने हाम्रो फोननम्बरमा पनि फोन गर्न सक्नुहुन्छ श्रेष्ठले भने सकेसम्म हामी कोही पनि सदस्यताका लागि आवेदन दिनेलाई रद्द गर्न नपरोस भन्ने पक्षमा छौँ । 
 
छानविन समितिले दिएको सदस्यता विवरणका आधारमा निर्वाचन समितिले मतदाता सुची बनाउँछ । यस पछि निर्वाचन कार्यक्रमहरू सार्वजनिक हुन्छन् । 
 
यस अघि एनआरएन अमेरिकाको सदस्यताका लागि करिब १० हजारले निवेदन दिएका थिए । यही आधारमा निर्वाचन भएको थियो । तर, हार्ने पक्षले नक्कली सदस्य बनाइएको आरोप लगाएका थिए । अहिले पनि नक्कली सदस्य बनाइको हल्ला छ ।
 
एनआरएन अमेरिकाको वर्तमान कार्यसमितिले दुई वर्ष पुरा गरेको छ । यस अघिको कार्यक्रम अनुसार मे २० र २१ मा निर्वाचन राखिएको थियो । तर, विभिन्न विवादले भेरिफिकेसन कमिटीले समयका काम गर्न सकेको थिएन ।