मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेजस अमेरिका साधारण सभा संस्थालाई समय सापेक्ष बनाउन केन्द्रित हुने

नेजस अमेरिका साधारण सभा संस्थालाई समय सापेक्ष बनाउन केन्द्रित हुने


हिमालयखवर संवाददाता-
न्युयोर्क (अमेरिका)- नेपाली जनसम्पर्क समिति अमेरिका(नेजस अमेरिका)को शनिवार हुन लागेको साधारण सभा संस्थालाई समय सापेक्ष रूपमा कसरी अगाडी बढाउने भन्नेमा केन्द्रित हुने भएको छ । यो साधारण सभा संस्थाको संरचना, विधान, नेपाली काँग्रेस पार्टीसंगको सम्बन्धका बारेमा केन्द्रित हुने छ, नेजसका सभापति आनन्न विष्टले हिमालयखरसंग भने । 
 
विवाद गरेर बस्ने होइन,संस्थालाई समयसापेक्ष रूपमा अगाडी बढाउन स्वदेशमा र प्रवासमा बस्ने नेपाली समुदायको चाहना अनुसार काम गर्न संस्थालाई कसरी अघि बढाउने यही विषयमा छलफल गर्न यो सभा केन्द्रित हुन्छ विष्टले भने । एक पछि अर्को विवादमा पर्दै आएको नेजसले पहिलो पटक यस्तो साधारण सभा गर्न लागेको हो । 
 
नेजस अमेरिका भित्र कुनै विवाद छैन, विष्टले भने सङ्कीर्ण सोच राख्ने, संस्थालाई विवादमा ल्याउन चाहने एक दुई जनाले व्यक्तिगत टिकाटिप्पणी गर्दैमा वा भन्दैमा यसलाई लिएर कसैले विवाद छ भन्छन् भने म यो मान्दिन, प्रजातान्त्रिक प्रक्रिया अनुसार संस्था अघि वढिरहेको छ । 
 
कार्यसमितिका बैठक हुन्छ, प्राय सबै सदस्य आउनुहुन्छ आफ्नो धारणा राख्नहुन्छ प्रजातान्त्रिक प्रक्रिया अनुसार निर्णय हुन्छ विष्टले भने अनि विवाद कहाँ छ मैले बुझेको छैन । 
 
सस्थालाई समय सापेक्ष ढङ्गमा प्रवासमा बस्ने नेपाली समुदायको चाहना अनुसार अघि बढाउन यो साधारण सभा राखिएको हो उनले भने भविष्यमा म नेतृत्वमा आउँछु आउंदिन तर  संस्था अघि वढ्छ यो साधारण सभा यसका लागि महत्त्वपूर्ण हुने छ । 
 
विवाद होइन हामी अघि बढ्ने वेला हो यसैले साधारण सभा राखेका हौँ विष्टले भने त्यहाँ नेजस अमेरिकाका च्याप्टर सभापति, सचिव र कोषाध्यक्ष मात्र होइन नेपाली काँग्रेस प्रति आस्थावान सबैले आफ्नो धारणा राख्न पाउनु हुने छ, बन्द सत्रपनि सबैका लागि खुला हुने छ । 
 
हाम्रो संस्था अमेरिकामा समाजिक कार्य गर्ने ५०१ सी अन्तर्गत दार्ता भएको हो कहीँ कतै दर्ता त हुनुपर्यो त्यही भएर व्यवहारिकता अपनाईएको हो  विष्टले भने राजनीतिक अधिकारका लागि काम गर्ने संस्थाका रूपमा पनि जान सकिन्छ यो विषयमा साधारण सभामा छलफल हुन्छ । 
 
विधानलाई समयसापेक्ष, बढी प्रजातान्त्रिक बनाउने, हाम्रो मुख्य संस्था नेपाली काँग्रेस पार्टीसँग मिल्ने खालको बनाउने विषयमा पनि छलफल हुने विष्टले जानकारी दिए । हामी नेपाली काँग्रेस पार्टीको भातृ सङ्गठन हौ पार्टीपनि यही अनुसार विदेशमा हामीलाई जिम्मेवारी दिनु पर्‍यो परिचालन गर्नु पर्‍यो विष्टले भने । संस्थालाई अझ प्रजातान्त्रिक प्रभावकारी र कसरी समुदायको राजनीतिक संस्थाको रूपमा अगाडी बढाउनु पर्छ भन्ने विषयमा ठोस सुझाव आओस भन्ने हाम्रो चाहना हो उनले भने ।  उक्त साधारण सभामा काँग्रेसका केही केन्द्रीय सदस्य र नेतासमेत सहभागी हुने उनले जानकारी दिए । 
 
संस्थाको हित नचाहने, सधैँ विवाद गर्ने खराब प्रवृत्तिलाई फाल्न पछि यो भेला महत्त्वपूर्ण हुन्छ विष्टले भने । म हरेक वर्ष साधारण सभा गर्ने पक्षमा थिएँ उनले भने तर, नेपालमा गएको महाभुकम्प, पार्टीको महाधिवेशन लगायतका कारणले सम्भव नभएको हो ।
 
पुन अध्यक्ष बन्ने चाहना छैन:
नेजसको पुन अध्यक्ष हुने आफ्नो चाहना नरहेको विष्टले बताए । संस्थाको नेतृत्वका लागि पुन दोहोर्याउने मनसाय छैन ,उनले भने म नेतृत्वका लागि दावेदार हुन्न । १८ वर्ष अमेरिकामा बसेर नेपाली काँग्रेस प्रजातन्त्रका लागि आफूले काम गरेको बताउँदै विष्टले भने नेतृत्वमा नहुदां पनि म यसका सक्रिय हुन्छु । 
 
नेपालमा विभिन्न समयमा प्रजातन्त्र सङ्कटमा पर्दा अमेरिका बसेर काँग्रेस नेतृत्वका सुझाव अनुसार काम गरेको बताउँदै विष्टले भने मेरो यो भूमिका सधैँ हुन्छ । यसै वर्ष यो कार्यसमितिको ३ बर्से कार्यकाल समय सकिन्छ । विष्ट टेक्सस डलास अधिवेशनबाट अध्यक्ष भएका थिए ।
 
२७ च्याप्टरको सहभागिता हुने:
नेपालको सबैभन्दा ठुलो पार्टी नेपाली कांग्रेससंग आबद्ध नेजस अमेरिकामा सबैभन्दा बढी फैलिएको संस्था हो । यसका २७ च्याप्टर छन् । साधारण सभामा सबै च्याप्टरवाट प्रतिनिधित्व हुने सङ्गठन विभाग प्रमुख वेद खरेलले जानकारी दिए । सहभागिता आकर्षक हुन्छ खरेलले भने यसका लागि पुरा तयारी भइसकेको छ ।