मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

नयाँ वर्ष २०७४को शुभकामना

नयाँ वर्ष २०७४को शुभकामना


तिम्रो हरेक आगमनमा मनभित्र   उमङ्गहुन्थ्यो 
टुट्न लाको मुटुभित्र  सपनाको रङ्ग हुन्थ्यो 
सुक्नलाको मेलम्चीमा सुद्ध जलको तरङ्ग हुन्थ्यो
परदेशी छोरो भेट्न आमाको मन दङ्ग हुन्थ्यो iiii 
 
तर तिमी खाली आयौ रुने मन थाकी सक्यो 
ढुक ढुक गर्ने मुटु पनि भित्र बाटै फाटी सक्यो 
मरुभूमि भयो जिबन प्यास पनि लागन छाड्यो 
जाहाज चडी गाको छोरो बाकसमा फर्की आयो  iiii 
 
आउन त आयौ  तिमी आफ्नै रङ्ग फेरी फेरी 
रुवाउन्दै मातृ भुमि टुलु टुलु हेरी हेरी 
लाज ढाक्ने  टालो  छैन मोबाइलको सिम फेरी फेरी 
चुइने त्यो छाप्रो भित्र इन्टरनेट ले घेरी घेरी  iiii 
 
अर्को बर्ष सक्छौ भने कुलमानहरु जन्माइदिनु 
धरै धुर्मुस सुन्तली लाइ राम्रो संग हुर्काइ दिनु 
उजाड छन् बस्तिहरु पसिनाले सिन्चिदिनु 
खाडी तिर  लाको लर्को आफ्नै गाउँ  फ़र्काइदिनु  iiii 
 
कमला अधिकारी लोहनी