मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनको सदस्यता छानबीन सुरु

एनआरएनको सदस्यता छानबीन सुरु


हिमालय खबर संबाददाता-
ड्यालस (टेक्सस) । गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको सदस्यता छानबीन कार्य सुरु भएको छ ।
 
एनआरएन अमेरिकाले टेक्ससको सदस्यता छानबिनको लागि गठित समितिले बुधबारदेखि काम सुरु गरेको हो । सुरेश बस्यालको संयोजकत्वमा गठित समितिले आउँदो २४ तारिखभित्र छानबीन गरेर एनआरएन अमेरिकालाई योग्य सदस्यहरुको सूचि उपलव्ध गराउनेछ । 
 
'हामीले काम सुरु गरिसक्यौँ, एनआरएनको सदस्यताको लागि जति पनि नेपालीहरुले आवेदन दिनुुभएको छ । उहाँहरुले भेरिफिकेसन कमिटीबाट प्राप्त इमेल, फोन, भ्वाइस मेललाई रेस्पोन्स गरेर माग भए अनुसारको थप विवरण उपलव्ध गराउनुु पर्ने हुन्छ,' समितिका सदस्य कमल ओझाले भने । समितिले सदस्यताको लागि आवेदन दिएका सबैसँग थप विवरण नमागिएपनि शंकास्पदसँग भने माग्ने संभावना छ ।
 
समितिले एउटै क्रेडिट कार्डबाट १५ जनाभन्दा बढीले सदस्यता लिएका रहेछन् भने १६औं नम्बरभन्दा पछिकाको आवेदन रद्ध गर्ने भएको छ । त्यस्तै कम्तिमा दुुई वर्ष अमेरिका बसेको हुनुपर्ने, १८ वर्ष उमेर पुुगेको हुनुपर्ने विधानतः व्यबस्था छ । 
 
दैनिक रुपमा बैठक बसेर छानबीन कार्यलाई अघि बढाउने सहमति भएको ओझाले बताए । सुरेश बस्यालको संयोजकत्वको छानबीन समितिमा प्रवासी नेपाली मञ्चका कमल ओझा, नेपाली समाज टेक्ससका महासचिव कमल सत्याल, संकेश सुवेदी र दिनेश शर्मा सदस्य रहेका छन् ।