मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

स्वरूपराज आचार्यको ” यो साँझ एक्लै छोडिदेउ ” गीत म्युजिक भिडियो सहित सार्बजनिक

स्वरूपराज आचार्यको ” यो साँझ एक्लै छोडिदेउ ” गीत म्युजिक भिडियो सहित सार्बजनिक


स्कटल्याण्ड, युके । सोहन घिमिरेको शब्द तथा संगीतमा चर्चित गायक स्वरूपराज आचार्यको  " यो साँझ एक्लै छोडिदेउ  मलाई " बोलको गीत  म्युजिक भिडियो  सहित  सार्बजनिक  भएको छ । यो गीत आफुले निकै मन पराएको र  लोकप्रिय गीत हरुको सुचिमा  पर्न सक्ने सम्भावना रहेको गायक  स्वरूपराज आचार्यले बताएका छन्।
 
गीतमा  गायक स्वरूपले साँझ एक्लै छोड्न आग्रह गर्दै  चरा र बादलसंग  रम्न दिन  आग्रह गरेका छन्।   स्कटल्याण्डको मनोरम स्थानहरुमा सुटिङ्ग गरिएको  म्युजिक भिडियोमा नबिन क्षेत्री र बिना  राईको अभिनय रहेको छ भने  संगीत संयोजन सन्जीब  बराइलीको रहेको छ।   म्युजिक भिडियो निर्देशन दिपेश रेग्मीको रहेको छ।  म्युजिक नेपालको युट्युब च्यानलबाट रिलिज गरिएको म्युजिक भिडियो  https://www.youtube.com/watch?v=o5iOzsAilIY मा  हेर्न सकिन्छ।  
 
सोहन घिमिरेको संगीत, शब्द र गायन रहेको  एल्बम  निस्कने तयारीमा रहको छ।    यस अघि सोहन घिमिरेले आफ्नै शब्द र हिमाल सागरको संगीतमा " तीनजुरेको डाँडैमा "  बोलको लोकगीतमा स्वर दिएका छन्। उक्त गीत सांस्कृतिक कार्यक्रमहरुमा  समेत  नाँचको रुपमा प्रयोग हुन थालेको छ। यस्तै "लन्डन आईमा सेल्फी" र अन्य केहि लोकपप गीत हरुमा काम भइरहेको र अन्य गीतहरु छिटै  रिलिज हुने तयारीमा छन्। 
 
लोकगायक रामचन्द्र काफ्लेको संगीतमा "छेक्यो नि छेक्यो नि" बोलको गीतको रेकर्डिङ्ग सकिएको घिमिरेले बताएका छन्।  नेपाली लोकप्रिय बाजाहरु बियानो , मुर्चुङ्गा आदिको प्रबर्धन लागेका सोहन घिमिरेले  लोक भाका र नेपाली बाजाहरु नेपालीको गौरव  र चिनारी भएकोले नयाँ  पुस्तालाई यसको जानकारी र प्रयोगबारे कार्यहरु अघि बढाउँन लागेको  बताएका छन्।