मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यो कथा होइन   

टीपीएस लिनेले प्रकृया पुर्याएर अमेरिकामा ग्रीनकार्ड पाउन सक्ने

टीपीएस लिनेले प्रकृया पुर्याएर अमेरिकामा ग्रीनकार्ड पाउन सक्ने


अमेरिका- अमेरिकामा टीपीएस (टेम्प्रोररी प्रोटेक्टेड स्ट्याट्स) पाउनेले प्रकृया पुर्याएर ग्रीनकार्ड अर्थात स्थायी बसोवास अनुमती पाउन योग्य हुने अदालतले फैसला सुनाएको छ । 
 
वासिंगटन राज्यको नाइन सर्किट कोर्ट (युनाईटेड स्टेट कोर्ट अफ अपिल्स फर द नाइन सर्किट) का न्यायाधिशले यस्तो फैसला सुनाएका हुन् ।
 
अदालतको यो निर्णयले टीपीएस लिएका धेरै नेपालीलाई पनि फाइदा पुग्न सक्ने कानुन विज्ञ खगेन्द्र जीसीले जनाएका छन् ।
 
'गुड न्युज', जीसीले आफ्नो फेसबुकमा अदालतको उक्त फैसला उल्लेख गर्दै लेखेका छन् 'अदालतको आदेशले टीपीएस लिएका लेवर सर्टिफिकेसनका आधारमा ग्रिनकार्ड लिन सक्ने भएका छन् विस्तृत जानकारीका लागि कानुन विज्ञसँग परामर्श लिउँ।'
 
'अदालतको यो आदेश अनुसार टिपीएस लिएको छ र रोजगारदाताले स्पोन्सर गर्छ भने ग्रीनकार्ड पाउन सकिन्छ,' जीसीले हिमालयखवरसँग भने । नाइन सर्किट कोर्टको यो निर्णय यसको क्षेत्रभित्र पर्ने पाँच राज्यमा लागु हुने भएपनि अन्य राज्यमा पनि यसलाई आधार मान्न सकिन्छ जीसीले भने । टीपीएस पाउनेले ग्रिनकार्ड लिन सकिने अन्य प्रकृयामा पनि जान सक्छन् । 
 
झण्डै दुई बर्ष अघि नेपालमा गएको महाभुकम्पका कारण अमेरिकाले विद्यार्थी लगायत यहाँ गैरकानुनी रुपमा बसोवास गर्ने हजाराै नेपालीलाई टिपीएस सुविधा दिएको छ । यस अनुसार अहिले संख्या एकिन नभएपनि १० हजार भन्दा बढी नेपालीले टिपीएस लिएका छन् । टिपीएस लिएपछि ग्रीनकार्ड लिन वा अन्य स्ट्याटसमा प्रकृया पुर्याएर जान पाइन्छ भन्ने उक्त अदालतको निर्णयमा उल्लेख छ । 
 
एल साल्भडोरवाट मे २०, १९९९ मा विना कागजात गैरकानुनी रुपमा अमेरिका छिरेका जिसस् रमारेजले दायर गरेको मुद्दामा अदालतले यस्तो आदेश सुनाएको हो । 
 
सन् २००१ मा एलसाल्भाडोरमा ठुलो भुकम्प आएपछि अमेरिकी सरकारले त्यहाँका नागरिकलाई टिपीएस सुविधा दिएको थियो । बिना भिषा अमेरिका छिरेका रमारेजले पनि यो टिपीएस सुविधा लिएका थिए । यो सुविधा सन् २०१६ पनि दिईएको थियो । 
 
सन् २०१२ मा रमारेजले अमेरिकी नागरिक बारबरा लोपेजसँग बिवाह गरे । यो बिवाहका आधारमा उनले ग्रीनकार्डका लागि सन् २०१३ अप्रिलमा निवेदन दिएका थिए । तर, ग्रीनकार्ड सम्वन्धि निकाय युएससीआईएसले उनको निवेदन परेको ८ दिनमै अस्विकृत गरिदिएको थियो । युएससीआईएसले रमारेज अमेरिकी अध्यागमन (इमिग्रेसन)को जाँचपडताल बिना अमेरिका आएको हुँदा ग्रीनकार्ड अस्विकृत भएको जनाएको थियो । यसमा चित्त नवुझि रमारेज अदालत गएका थिए । 
 
अदालतले टीपीएस सुविधा दिनु भनेको जाँचपड्ताल हुनु हो भन्ने फैसलामा उल्लेख गरेको छ । अमेरिकामा उपलव्ध नभएका विशेषकृत क्षेत्रमा कार्यरत विदेशी कामदारलाई रोजगारको सिफारिसमा लेवर सर्टिफिकेसन प्राप्त हुन्छ । अमेरिकाको श्रम विभागले स्विकृत गरेपछि मात्र यो पाइन्छ । 
 
तर, टिपीएस हुनेले अन्य तोकिएको प्रकृयामा पनि ग्रीनकार्ड पाउन सक्ने यो फैसलाले देखाउँछ । तर, यो अदालतको आदेशमा टीपीएस हुनेलाई ग्रीनकार्ड दिनु पर्छ भन्ने उल्लेख छैन । प्रकृयामा जान सक्छन, भनिएको छ ।
 
 
लेवर सर्टिफिकेसन प्राप्त गर्नका लागि तोकिएको प्रावधान