मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

नगेन्द्र पौड्याल भन्छन् टेनेसी अदालतले निर्णय सुनाएको छैन

नगेन्द्र पौड्याल भन्छन् टेनेसी अदालतले निर्णय सुनाएको छैन


हिमालयखवर संवाददाता
भर्जिनिया (अमेरिका)- एनआरएन अमेरिकाका पूर्व अध्यक्ष उम्मेदवार नगेन्द्र पौडेलले टेनिसी कोर्टमा एनआरएन अमेरिकाको वर्तमान कार्यसमिति विरुद्ध परेको मुद्दा हामीले जितौं भन्ने दाबी गलत भएको बताएका छन् । हामीले फर्जी मददाता बनाएर वर्तमान कार्यसमितिले निर्वाचन जितेको दाबी गर्दै मुद्दा हालेको थियौँ अदालतले मङ्गलवार यो मुद्दालाई अव ट्रायल (साक्षी)को बयान लिई सुनुवाइ गर्ने प्रक्रियामा लैजाने भनेको छ, भने  ।
 
हामीले यो फर्जी मतदाताका आधारमा गठन भएको कार्यसमितिलाई आउने निर्वाचन पनि गर्न दिनु हुदैंन यसलाई रोकी बरु अदालतको प्रत्यक्ष निगरानीमा निर्वाचन होस भन्ने केही दिन अघि थप माग गरेका थियौ मङ्गलवार हिमालयखवरसंग पौडेलले भने ट्रायलमै जाने भएकाले तत्काललाई हाम्रो माग दाबीलाई अदालतले आवश्यक देखेन ।
 
ट्रायलको आधारमा साक्षी लगायत दाबी र प्रतिवादी पक्षको भनाई सुनेर मुद्दाको फैसला गर्ने अदालतले जनाएको छ, उनले भने । यो कहिले देखि सुरु हुन्छ यो भने स्पष्ट छैन । अदालतले आफ्नो निगरानीमा निर्वाचन गराउंदा ठुलो रकम बण्डका रूपमा राख्नु पर्ने भएकाले पनि यता तिर नजान भनेको बताइएको छ । हामीले फर्जी मतदाता भएको सबै विवरण अदालतलाई दिएका छौँ, नगेन्द्रले भने अदालतको साक्षी सुन्ने प्रक्रिया सकेपछि फैसला हुने हो । 
 
नगेन्द्र दुई वर्ष अघि भएको एनआरएन अमेरिकाको अध्यक्ष पदमा पराजित उम्मेदवार हुन । उक्त निर्वाचनमा डा केशव पौडेल अत्याधिक मत ल्याई अध्यक्ष भएका थिए । नगेन्द्र लगायत पराजित उम्मेदवारहरु फर्जी मतदाता बनाई डा पौडेलले निर्वाचन जितेको आरोप लगाउंदै टेनिसी अदालतमा मुद्दा दायर गरेका थिए । अनलाइन भोट मार्फत एनआरएन अमेरिकाको निर्वाचन हुन्छ । यस क्रममा १ सय २० आईपी ठेगानावाट करिब २ हजार ५ सय मत खसेको प्रमाण दिदैं यो फर्जी भएको नगेन्द्र पक्षको दाबी छ । 
 
मुद्दाको फैसला नआई जित्यौं भनेर मिडियाबाजी गर्नेले अहिलेपनि स्वच्छ र निष्पक्ष निर्वाचन गराउंछन् भन्ने सोच्नै सकिदैंन पौडेलले भने हाम्रो मुद्दा एनआरएन अमेरिकालाई स्वच्छ बनाउने अभियान हो । 
 
एनआरएन अमेरिका अध्यक्ष डा केशव पौडेलले भने मङ्गलवारको अदालतको फैसला एनआरएन अमेरिकाको पक्षमा रहेको बताए । यो कार्यसमितिले निर्वाचन गर्न पाउंदैन भन्ने दाबी खारेज भएको छ यो हाम्रो जित हो पौडेलले भने ।
मङ्गलवार अदालतले वकिलको खर्च बापत आफ्नो पक्षलाई ६ हजार डलर क्षतिपुर्ती दिन एनआरएन अमेरिकालाई आदेश दिएको नगेन्द्रले बताए । 
 
नगेन्द्रले टेनेसी कोर्टको  फैसलाको विषयमा आएका समाचारको पनि खण्डन गरेका छन् । मङ्गलवार साँझ पौडेलले मुद्दा जितौं भन्ने भनाई वा दाबी गलत भएको भन्दै मिडियालाई पनि सचेत भई समाचार दिन सुझाव दिएका छन् ।