मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

स्टोरी साइकलले अमेरिकाको फोर्टवर्थमा कला प्रर्दशन गर्दै

स्टोरी साइकलले अमेरिकाको फोर्टवर्थमा कला प्रर्दशन गर्दै


काठमाडौं (नेपाल)– स्टोरी साइकलले फोर्टवर्थ आर्ट सेन्टर र क्राफ्टेड इन काठमाडौंको आयोजनामा अमेरिकाको टेक्सस राज्यको फोर्टवर्थमा तीन हप्ते नेपाल शो हुन लागेको छ । 
 
शोमा नेपाली कलाकारहरुले तयार गरेका चित्रकला, हस्तकला र फोटोे प्रदशनी गरिने छ ।  आउदो साता रोटरी फाउन्डेसनका प्रमुख पावल लुकासले यो शो को उद्घाटन गर्ने कार्यक्रम छ स्टोरी साइकलद्वारा शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 
 
कार्यक्रमका संयोजक सौरभ ढकालले स्टोरी साइकलले कलाका माध्यमबाट कसरी कथा भन्न सकिन्छ भन्ने प्रयोग गर्दै आएको जानकारी दिए । उनले शोमा  चित्रकला, हस्तकला, फोटो र भिडीयोलगायतका फरक फरक बिधालाइ एकै ठाउँमा प्रस्तुत गर्न शो आयोजना गरिएको बताए । 
 
‘यस्तो प्रर्दशनीले कलाकारलाइ अन्तर्राष्ट्रिय रुपमा चिनाउनुका साथै नेपालको केहि हदसम्म सकारात्मक र प्रभावकारी प्रचार हुनेमा हामी बिस्वस्त छौ,’ उनले भने ।  नेपाल शो यही अप्रिल ७ तारिक शुक्रबारदेखि  अप्रिल २६ बुधबारसम्म चल्ने छ । 
 
प्रदशनीमा स्टोरी साइकलले सगरमाथा क्षेत्रमा संचालन गरेका कथा शिवीर र केहि महिना अगाडी सिन्धुलीको दुम्जामा संचालित कला शिविरमा तयार भएका चित्रकला प्रदशनीमा राखिने छ । मुख्य चित्रकला सुरेम देशार, अनिल महर्जन र आरके थापाका रहने छन । साथै तासि लामा र जुनीलामाका केहि थान्का पनि प्रदर्शनमा रहने छन । 
 
हस्तकलामा क्राफ्टेड इन काठमाडौले काठमाडौका २५ भन्दा बढी कलाकारहरुको संकलन गरेको बिबिध कलामध्ये केहि प्रदर्शन गरिने छ । साथै जेलमा तयार गरिएका केहि हस्तकला पनि यसमा सामेल हुने छन् ।  
 
स्टोरी साइकलले बिभिन्न ठाउमा गरेको कथा शिविरमा जम्मा गरेका फोटोहरु प्रदर्शनीमा रहने छन । तीमध्ये फोटोग्राफर नबिन बरालले खिचेका लमजुङ हिमालहरुको फोटो बिषेश आकर्षण रहने छन । सगरमाथा र बारपाक क्षेत्रका फोटो पनि रहने छन ।
 
कथाकार सौरभ ढकालले तयार गरेको सगरमाथा आरोही आपा शेर्पा, सामाजिक उद्यमी अनिल चित्रकार, म्यागासेसे विजेता महाबीर पून, जलविद्युत प्रबर्धक बिरबहादुर घले, सिएनएन सुपर हिरो पुस्पा बस्नेत र साइकल यात्री पुस्कर शाहको कथा प्रदर्शनीमा प्रस्तुत गरिने छ । 
 
यस्तै साना भाइ बहिन श्रेया पोखरेल र रदिप पोखरेलले तयार गरेका कलर फुल ब्रेन नामक चित्रकालाको संकलन गरिएका कला तथा पुस्तक प्रदर्थन गरिनेछन् । स्टोरी साइकलले २०१५देखि अमेरिकामा बिभिन्न कार्यक्रम गर्दै आएको  छ ।