बिजनेस

अमेरिकामा औसत आम्दानी हुनेलाई घर किन्न थप कठिन

5078 पटक पढिएको

हिमालयखबर | 1st Apr 2017, Saturday | २०७३ चैत्र १९, शनिबार ०३:४५
हिमालयखवर संवाददाता
अमेरिका- कोलोराडो डेनभर नजिकै एडम्स् काउण्टीमा सन् २००६ मा घरको मध्यम खालको घरको औसत मूल्य एकलाख ८४ हजार डलर थियो । सन् २०११ मा यो मूल्य घटेर एकलाख ४५ हजार डलरमा झ¥यो ।
 
तर, अहिले उक्त काउण्टीमामा घरको मध्यम घरको औसत मूल्य दुइलाख ९० हजार अमेरिकी डलर पुगेको छ । कोलोराडोको उक्त स्थानमा मात्र होइन डेनभर, बोल्डर, विल्ड, जेफरसर्न, एड्म्स लगायतका काउण्टीमा घरको मूल्य निकै माथि चढेको छ ।
 
यो स्थिति कोलोराडोमा मात्र होइन । अमेरिकाको अन्य कैयौं काउण्टीमा पनि घर मूल्य वढ्दा थोरै डाउनपेमेण्ट गरेर किस्तामा  किन्ने योजनामा रहेकाहरुका लागि कठिन हुदैं गएको छ । 
 
घरजग्गा सम्वन्धि तथ्यांक राख्ने एटीटीओएम डाटा सोलुसन्स्का अनुसार अमेरिकामा औसत आम्दानी गर्नेको घर किन्ने क्षमतामा सन् २०१७ को पहिलो त्रैमासिकमा अरु थप तल झरेको छ । सन् २०१६ को अन्तिम त्रैमासिकको तुलनामा यो बर्ष आम्दानीसँग तुलना गर्दा किस्तामा घर किन्न झन कठिन भएको तथ्यांकले देखाएको छ । 
 
डेनभर भन्दा उत्तर पश्चिममा रहेको बोल्डर सहरमा मध्यम खालको घर किन्न त्यहाँको औसत आम्दानीको आधा भन्दा वढी किस्तामा खर्च गर्नु पर्ने तथ्यांकमा उल्लेख छ । न्यूयोर्क, लसएञ्जल्सका केही स्थानमा घर किन्न सबै आम्दानी लगाउँदा पनि पुग्दैन । तीन प्रतिशत डाउन पेमेण्टका आधारमा यो तथ्यांक निकालिएको हो । २० प्रतिशत डाउन पेमेण्ट गर्ने हो भने तिर्नु पर्ने किस्ता रकम तल झर्छ ।
 
अमेरिकाका अधिकांश शहरदेखि लिएर गाउँसम्म अहिले घरको मूल्य आकासिँदो रुपमा बढेको छ । नेपालीहरुको बाक्लो बसोबास रहेका क्यालिफोर्निया, टेक्सस, न्यूयोर्क, भर्जिनिया लगायतका राज्यहरुमा घरको मूल्य बढेको छ ।
 
गत वर्ष साढे दुइलाखमा पाइने चार बेडरुमको घरलाई अहिले टेक्ससको डालसमा तीनलाखमा पनि नपाइने अवस्था छ । 
 
औसतमा अमेरिकामा मध्यम खालको घर किन्न अहिले कुल बार्षिक आम्दानीको एक तिहाई  अर्थात ३३ दशमलव ६ प्रतिशत बैंक ऋणको किस्तामा खर्च गर्नु पर्ने एटीटीओएमको तथ्यांकले देखाएको छ । अमेरिकामा सन् २००७ को मध्यताका आर्थिक मन्दी शुरु भएपछि घरको मूल्य घटेको थियो । सन् २००८ मा घरको मूल्य घटेकाले किन्ने क्षमता वढेको थियो ।
 
एटीटीओएमले ३७९ ठुला काउण्टीमा औषत घरको मूल्यका आधारमा तयार पारेको उक्त तथ्यांकमा ९७ काउण्टिमा किस्तामा घर किन्न त्यहाँको औषत आम्दानीको ४३ प्रतिशत वा यस भन्दा वढी खर्च गर्नु पर्ने देखिएको छ ।
 
फोर क्लोजरमा पर्ने घरको संख्या तल झरेको, कयौं काउण्टीमा आपुर्ति भन्दा माग वढी हुदां, मूल्य केही समय घट्ने अवस्था नरहेको सम्वद्ध विज्ञहरु वताउंछन् । तर, अझैपनि कयौं स्थानमा सस्ता घर किन्न पाइने तथ्यांकमा छ । अमेरिकाको अर्थतन्त्र अहिले सुधारको अवस्थामा छ । वेरोजगारदर पांच प्रतिशत भन्दा तल झरेको छ । आर्थिक बृद्धिदर २ प्रतिशत भन्दा वढी छ ।