मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

राष्ट्रिय आविष्कार केन्द्रलाई शिक्षकको पाँच लाख सहयोग

राष्ट्रिय आविष्कार केन्द्रलाई शिक्षकको पाँच लाख सहयोग


बेनी (म्याग्दी) । राष्ट्रिय आविष्कार केन्द्र स्थापना अभियानमा लागेको अभियन्ता महावीर पुनलाई रिम स्रोत केन्द्रअन्तर्गतका विद्यालयमा कार्यरत शिक्षकले रु पाँच लाख सहयोग गरेका छन् ।
 
स्रोतकेन्द्रअन्तर्गतका शिक्षकले आफ्नो पारिश्रमिकबाट गरेको सो सहयोग रकम स्रोतव्यक्ति भरतकुमार पुन र टिकोट माविका प्रधानाध्यापक प्रदीप पुनले अभियन्ता पुनलाई हस्तान्तरण गरे । स्रोतकेन्द्रअन्तर्गत १० वटा विद्यालयका ९२ जना शिक्षकले सो सहयोग गरेका हुन् । 
 
स्रोतकेन्द्रअन्तर्गतका विद्यालयमा इन्टरनेटसहित स्वास्थ्य सेवा विस्तारमा अभियन्ता पुनको महत्वपूर्ण भूमिका रहेको छ । सन् २००७ मा म्यागासेसे पुरस्कारबाट सम्मानित भएका पुनले राष्ट्रिय आविष्कार केन्द्र स्थापनाका लागि अभियान थालेका छन् ।