एकतामा अनेकता
घरैबाट भएपछि
दोष मैले कसलाई दिनु ?
म आफै नै बिके पछि ।
घरमा भेला पनि गरेकै हो
दु:ख सास्ती भोगेकै हो
सफल भेला भन्थे सबले
त्यसैलाइ मिचेपछि ।
साधारण सभाको बिरुद्दमा
हाते चिठी थमाए रे
दोष मैले कसलाई दिनु ?
म आफै नै बिके पछि ।
अस्ती लाउरे घरमै आए
रातनै मैले सँगै बिताए
लाज मैले के मान्नु र
म नै बेश्या भएपछि ।
– उत्तम लामिछाने, अध्यक्ष (एनआरएन टेक्सस च्याप्टर)
प्रतिकृया दिनुहोस:
प्रतिक्रिया