मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जानी राखे राम्रो    

आठ मुस्लिम देशवाट अमेरिका आउनेले ल्यापटप, क्यामरा सँगै राख्न नपाउने

आठ मुस्लिम देशवाट अमेरिका आउनेले ल्यापटप, क्यामरा सँगै राख्न नपाउने


हिमालयखवर संवादाता 
अमेरिका- अमेरिकाले मंगलवारदेखि लागु हुने गरी कतार, संयुक्त अरव इमिरेट्स (युएई), टर्की लगायत देशबाट सिधै अमेरिका आउने जहाजका यात्रुले आफुसँग ल्यापटप, क्यामरा, आईप्याड लगायतका इलेक्ट्रोनिक उपकरण राख्न नपाउने नियम लगाएको छ । एउटा मोबाइल फाेनमात्र अाफूसँगै लिएर अमेरिका अाउन पाउने नयाँ नियम लागु भएको छ । 
 
सुरक्षा कारणले अस्थायी रुपमा यस्ता इलेक्ट्रानिक समान यात्रुले आफुसँग राख्न नपाउने नियम लागु गर्नुपरेको अमेरिकाको आन्तरिक सुरक्षा मामिला हेर्ने होमल्याण्ड सेक्युरिटीजले जनाएको छ । 
 
लगेजमा भने यस्ता समान राख्न पाइने जनाईएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले मंगलवार देखि लागु हुने गरी ८ मुस्लिम वाहुल्यता भएका देश कतार, साउदी अरव, टर्की, इजिप्ट, जोर्डन, कुवेत र संयक्त अरब इमिरेट्सवाट सिधै अमेरिका आउने जहाजका यात्रु माथि यस्तो नियम लगाएको हो । यस्ता उपकरण प्रयोग गरी कुनै संभावित आक्रमण हुन सक्ने गोप्य सुचनाका आधारमा यस्तो नियम लागु गरिएको वताईएको छ । 
 
यो नियमले अमेरिका आउने नेपाली यात्रुहरु पनि प्रभावित हुने छन । कतार, यूएई, टर्कीवाट सिधा अमेरिका आउने नेपाली यात्रुको संख्या पनि अत्याधिक छ । यो व्यवस्थाले नेपाली यात्रुलाई थप झन्झटमा पार्ने छ । यस्ता समान लगेजमा राख्न सकिने भएपनि हराउने, फुट्ने संभावना रहन्छ । अमेरिकी सुरक्षा अधिकारीले यस्तो नियम लगाउनुको कारण खुलाएका छैनन् ।