मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

स्व. राजमणिको परिवारलाई सहयोग हस्तान्तरण

स्व. राजमणिको परिवारलाई सहयोग हस्तान्तरण


ड्यालस (अमेरिका)– एक महिना अघि निधन भएका नेपाली समाज टेक्ससका सकृय सामाजीक कार्यकर्ता राजमणि चौधरीका परिवारलाई आइतबार ड्यालसमा सहयोग हस्तान्तरण गरियो । झण्डै ११ हजार डलरको सहयोगका तीन छुट्टाछुट्ट्रै चेक हस्तान्तरण गरिएको थियो । 
 
परिवारको सहयोगका लागि खोलिएको गो–फण्डबाट संकलित तथा मधेशी समाज र नेपाली जनसम्पर्क समितिको तर्फबाट संकलित रकम राजमणिकी पत्नीलाई हस्तान्तरण गरियो । नेपाली मन्दिरमा आयोजित कार्यक्रममा नेपाली समाज टेक्ससको पहलमा खोलिएको गो–फण्ड खातामा संकलन भएको रकममध्य दाहसंस्कारमा भएको खर्च, गो–फण्डको कमिसन कटाएर बाँकी रहेको सातहजार ५ सय ८५ डलर नेपाली समाजका पूर्व सभापति गौरी जोशीले हस्तान्तरण गरे । 
 
त्यस्तै जनसम्पर्क समिति वेस्ट टेक्ससको पहलमा संकलन भएको एकहजार तीनसय ५५ डलर सभापति हरिबोल भण्डारीले हस्तान्तरण गरे ।मधेसी एशोसियशन ईन अमेरिकाको तर्फबाट सुनील शाहले एकहजार आठसय ३५ डलर ४१ सेन्टको चेक हस्तान्तरण गरेका थिए । समाजका केहि ब्यक्तिहरुले नगद समेत दिईएको  समाजका उपाध्यक्ष सापकोटाले हिमालय खबरलाई बताए ।
 
‘हामी राजनीतिमात्र गर्दैनौ, नेपाली समुदायका सदस्यहरुलाई मर्दा–पर्दा दिलोज्यानले सहयोग पनि गर्छौ,’ जनसम्पर्क समिति वेस्ट टेक्ससका सभापति भण्डारीले भने–‘सामाजीक सेवा पनि हाम्रो कर्तव्य हो । त्यही भएर सहयोग गर्दै आएका छौँ ।’
 
कामबाट घर फर्कदै गर्दा मष्तिष्कघात भएर निधन भएका चौधरीले गरेको योगदानका बारेमा बारेमा नेपाली समाज टेक्ससका अध्यक्ष कृृष्ण लामिछाने,समाजसेबी डा. मुरली अधिकारी, नेपाली मन्दिरका अध्यक्ष रमेश पोख्रेल लगायतले प्रकाश पारेका थिए । स्व. चौधरीका पत्नी र दुई छोराहरु छन् । 
 
कार्यक्रममा उपस्थित नेपाली समुदायका अगुवाहरुले चौधरीका छोराहरुको शिक्षा तथा पत्नीको रोजगारीका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । 
 
नेपाली समाज टेक्ससले नेपालीहरुलाई कुनै घटना पर्दा होस् या आपद् विपदमा सहयोग संकलन गरेर उपलव्ध गराउँदै आएको छ । अमेरिकाका ५० राज्यहरुमध्य टेक्सस नेपालीहरुको सबैभन्दा बढी बसोबास भएको राज्य हो । यहाँको नेपाली समुदाय सहयोगी भएको र व्यबसाय होस् या रोजगारीका अवसरमा रहेको विविधताले गर्दा अरु राज्यहरुबाट नेपालीहरु टेक्सस सर्ने क्रम तीब्र रुपमा बढेको छ ।