मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

मोर्चाको गठबन्धनले लियो सरकारको समर्थन फिर्ता

मोर्चाको गठबन्धनले लियो सरकारको समर्थन फिर्ता


काठमाडौँ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको गठबन्धनले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । 
 
व्यवस्थापिका–संसद्को बुधबारको बैठकमा सांसद महेन्द्रराय यादवले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गर्दै त्यसको औपचारिक जानकारी सभामुखलाई दिने बताएका छन् ।  
 
वर्तमान सरकार गठनका बेला मोर्चासँग भएका तीनबुँदे सहमति कार्यान्वयन नभएकाले सहमति फिर्ता लिइएको जानकारी दिए । 
 
साथै उनले बैठकको बुधबारको कारबाही बहिष्कार गर्ने घोषणा पनि गरे । उक्त घोषणासँगै सङ्घीय समाजवादी फोरम नेपाल, सङ्घीय समाजवादी पार्टीलगायत दलका सांसद बैठककक्षबाट बाहिरिएका थिए ।  
 
सो बैठकमा सांसद रामकृष्ण यादवले संविधान संशोधन प्रस्ताव पारित गरेर निर्वाचन गर्नुपर्ने भएकाले त्यसतर्फ गम्भीर हुन सरकारलाई आग्रह गरेका थिए । 
 
सांसदहरू रेवतीरमण भण्डारी, प्रेम सुवाल, लोकमणि ढकालले समसामयिक विषयमा सदनको ध्यानाकर्षण गराएका हुन् । रासस