मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

स्वास्थ्य शिविर बोकेर टेक्ससदेखि गुल्मीसम्म

स्वास्थ्य शिविर बोकेर टेक्ससदेखि गुल्मीसम्म


हिमालयखवर संवाददाता- 
तम्घास (गुल्मी) । बसाइ अमेरिकामा भएर के भो त ! मन सधैं नेपालतिरै तानिन्छ । त्यसमा पनि आफ्नो जन्मथलो झनै प्यारो !
 
गुल्मीको तम्घासमा जन्मिएर अमेरिकाको टेक्सस ह्युस्टनमा उदीयमान व्यवसायीको रुपमा चिनिन थालेका ज्ञानेश्वर श्रेष्ट प्रत्येक वर्ष फागुनमा नेपाल पुग्छन् । उनी आफू एक्लो र खाली हात हैन औषाधि उपचार नपाएर रोगी बनेका सयौं नेपालीलाई स्वास्थ्य सेवा पुर्याउन डाक्टरहरुको टोली र औषधि बोकेर आफ्नो गाउँ पुग्छन् । त्यसो त ज्ञानेश्वर वर्षमा तीनचार चोटी नै नेपाल पुगेका हुन्छन् । तर फागुन महिना भने विशेष हुनेगर्छ । उनै ज्ञानेश्वर यसपाली ३४ जनाको जम्बो स्वास्थ्य टोली लिएर फागुन ७ गते गुल्मी पुगे । 
 
गुल्मीको तम्घासमा फागुन ७ र ८ गतेआयोजित  बॢहत निशुल्क स्वास्थ्य शिविर मार्फत झन्डै १६ सय विरामीको परीक्षण, उपचार र औषधि वितरण गरेर उनी फर्किए ।
 
आफ्ना आमाबुबाको नाममा स्थापित मानबहादुर – मायादेवि फाउन्डेसनले उक्त बॢहत स्वास्थ्य शिविर आयोजना गरेको जानकारी उनले हिमालयखबरलाई दिए । शिविरमा ११ जना मेडिकल डाक्टर , ७ डेन्टिस तथा नर्श र सहयोगी गरी ३४ जनाको स्वास्थ्य टोलीले सेवा पुर्याएको थियो । अमेरिकाबाटै यूरिक एसिड, कोलेष्ट्रोल र ब्लड सुगर जाँच्ने उपकरण लिएर गएका ज्ञानेश्वरले अर्घाखाँचीको अर्घातोशमा करीब ८ सयजनाको निशुल्क स्वास्थ्य परीक्षण गराइदिए । 
 
दुई दिनसम्म चलेको उक्त शिविरमा डा सुदीन शाक्य , डा रोशन पिया , डा शिरीष अमात्य र डा राजेन्द्र श्रेष्ट्रको उल्लेख्य सहयोग रहेको थियो । औषधि उपचार मात्र हैन टोलीमा सम्मिलित डाक्टर , नर्स र अहेबहरुले स्वास्थ्य चेतना जगाउने काम समेत गरेका थिए । स्वास्थ्य शिविरको सफलतामा नेपाल सोसाईटी अफ डिसिप्लानरी डेँटिस्ट्री लगायत स्थानीयस्तरबाट राष्ट्रिय गुल्मी दोहोरी प्रतिष्ठान , रिसुङ्गा क्लब , जिल्ला अस्पताल , लेकवेसी आमा समुह तथा जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी गुल्मको योगदान रहेको कुरा ज्ञानेश्वरले उल्लेख गर्न बिर्सेनन् । 
 
१८ वर्ष मुनि नाक , कान र घाँटीका स्थानीय विरामीहरुको पहिचान गरी काठमाण्डौमा निशुल्क उपचार गराउन मानबहादुर – मायादेवि फाउन्डेसनको योजना रहेको कुरा पनि उनले जानकारी दिए । यसबाहेक फाउन्डेसनले स्थानीय विध्यालयहरुमा आवश्यक श्रोत र सहयोग जुटाउने कार्यमा पनि सक्रिय रहेको जनाइएको छ ।