मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जानी राखे राम्रो    

तपाईको क्रेडिट स्कोर कति छ ?

तपाईको क्रेडिट स्कोर कति छ ?


हिमालयखवर संवाददाता 
अमेरिका – अपार्टमेण्ट भाडामा लिँदा होस् वा किस्ताबन्दीमा गाडी किन्नुपर्यो ? पहिले तपाईको क्रेडिट स्कोर जाँचिन्छ । तीन अंकको यो क्रेडिट स्कोरले कुनैपनि व्यक्तिको वित्तीय (आम्दानी—खर्च) व्यवहार देखाउँछ । आम्दानी र खर्चमा तपाई कति सक्षम हुनुहुन्छ वा तपाईको वित्तीय अनुशासन कस्तो छ यो क्रेडिट स्कोरवाट थाहा हुन्छ । 
 
क्रेडिट कार्डबाट चलाउन पाउने रकमको सीमा पनि पनि क्रेडिट स्कोरमै निर्भर हुन्छ । घर किस्तामा किन्दा तोकिने व्याजदर क्रेडिट स्कोरका आधार तय हुन्छ । क्रेडिट स्कोर कम भने किस्तावन्दी गाडी लिँदा महंगो व्याज पर्छ । बैंक लगायत वित्तिय संस्थाहरूले व्यक्तिको क्रेडिट स्कोरकै अधारमा व्याजदर तय गर्छन् । 
 
आम्दानी अनुसार खर्च गर्ने, क्रेडिट कार्ड लगायत तिर्ने पर्ने विलहरु समयमै भुक्तानी गर्ने हो भने क्रेडिट स्कोर बढ्दै जान्छ । यो नगर्दा तल झर्छ ।अमेरिकामा औसत क्रेडिट स्कोर ६ सय ९९ अंक छ । वासिंटन डीसी स्थित क्रेडिट स्कोर लगायत व्यक्तिगत फाइनान्ससँग सम्वन्धित वेभसाइट वालेटहवले धेरै र न्यून क्रेडिट स्कोर भएका व्यक्ति बस्ने शहरको सुची सार्वजनिक गरेको छ । 
वालेटहवका अनुसार फ्लोरिडाको द भिलेजमा वस्नेहरुको औसत क्रेडिट स्कोर ७७८.७७ छ । यस पछि क्यालिर्फोनियाको लस एल्टोस शहरका वासिन्दा क्रेडिट स्कोर उच्च हुने मध्ये दोस्रो स्थानमा छन् । यहाँका बासिन्दाको औषत क्रेडिट स्कोर ७५७.१० छ । 
 
यस पछि लेजिंटन म्यासचुस्टेसका वासिन्दा तेस्रो स्थानमा छन् । यहां बसोवास गर्नेको औषत क्रेडिट स्कोर ७५६.०८ छ । उक्त वेवसाइटले अमेरिकाका २ हजार ५ सय ३४ शहरका वासिन्दाको औषत क्रेडिट स्कोर सुचीमा राखेको छ । 
 
यो सुचीको पुछारमा अर्थात २५३४ मा न्यूजर्सीको क्यामडन शहर परेको छ । यो शहरका वासिन्दाको औसत क्रेडिट स्कोर जम्मा ५६६.०७ छ । यस पछि दोस्रो कम स्कोर हुने जनसंख्या वसोबास गर्नेमा इलिनियोसको इष्ट स्ट्रिट लुईस शहर हो । यस शहरका वासिन्दाको औसत क्रेडिट स्कोर ५७१. ६० छ । पुछारको तेस्रो नम्बरमा पेन्सिलभेनियाको चेष्टर शहर आउंछ । यहांका वासिन्दाको औसत क्रेडिट स्कोर ५७४.९३ मात्र छ । 
 
तीनलाख भन्दा वढी जनसंख्या भएका क्रेडिट स्कोर उच्च हुनेहरु बसोबास गर्ने पाँच शहरमा सान फ्रान्सिस्को, होनोलुलु (हवाई), सियाटल, सानहोजे, र बोस्टोन छन् । मध्यम जनसंख्या हुने मध्ये औसत क्रेडिट स्कोर भएकाहरु बसोवास भएको शहरमा कोलोराडोको हाइल्याण्ड र्यान्च, इलिनियोसको नाफरभिल, टेक्ससको द उडल्याण्ड्स, कोलोराडोको सेन्टिनियल र क्यालिर्फोनियाको सन्नीभेल छन् । 
 
एक लाख भन्दा वढी जनसंख्या हुने शहरलाई मध्यम जनसंख्या हुनेमा गणना गरिएको हो । एक लाख भन्दा कम जनसंख्या हुने र उच्च क्रेडिट स्कोर भएका व्यक्तिहरु वस्ने शहरमा द भिलेज फ्लोरिडा, लसएल्टोस क्यालिर्फोनिया, लेजिंटन म्यासचुस्टेस, सनसिटीवेष्ट एरिजोना, र सारातोगा क्यालिर्फोनिया छन् ।
 
टेक्ससको कोलिभेलमा वस्नेको औषत क्रेडिट स्कारेड ७४८.६७ छ । यो उच्चको आठौ नम्बरमा पर्छ । साउथ लेक टेक्ससका वासिन्दाको औषत क्रेडिट स्कोर ७३९.७ छ । न्यूयोर्क राज्यको पिल्सर्फोडमा बसोवास गर्नेको औषत क्रेडिट स्कोर ७४८.५५ छ । 
 
कुन शहरमा वस्नेको औसत कति क्रेडिट स्कोर छ उक्त वेभसाइटमा पढ्न सकिन्छ । तपाईको क्रेडिट स्कोर सातसय अंकभन्दा माथि छ भने औषत भन्दा माथि हो । ८ सय क्रेडिट स्कोरलाई असाध्यै राम्रोमा गणना गरिन्छ । क्रेडिट स्कोर राम्रो छ भन्दै क्षमता भन्दा ऋण थप्ने हो भने यो घट्न पनि समय लाग्दैन ।

Cities with the Highest & Lowest Credit Scores– हेर्नको लागि यहाँ थिच्नुहोला >>