मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

नेपालीले पनि पत्ता लगाए क्षुद्रग्रह

नेपालीले पनि पत्ता लगाए क्षुद्रग्रह


काठमाडौँ । गत माघ ६ गतेदेखि फागुन ७ गतेसम्म सञ्चालित राष्ट्रव्यापी नेपाल क्षुद्रग्रह खोज अभियान–२०१७ अन्तर्गत पहिलोपटक छवटा क्षुद्रग्रह पत्ता लागेका छन् ।
 
अभियानका लागि नेपालबाट पाँच टोली छनोट गरिएकामा चार टोली काठमाडौँका र एक टोली पोखराका भएको बताइएको छ ।
 
अभियानका क्रममा सहभागी टोलीलाई अमेरिकाको हवाईस्थित पानोरामिक सर्वे टेलिस्कोप तथा रापिड रेस्पोन्स सिस्टम (प्यान्स्टार्स)ले खिचेका तस्बिर तथा आवश्यक सफ्टवेयर र निर्देशन दिइएको थियो । 
 
सोका आधारमा उनीहरूले यहीँ नै ती क्षुद्रग्रह पत्ता लगाएर अमेरिका पठाइएको हो । सो खोज प्रमाणित हुन भने केही बर्ष पर्खनुपर्ने हुन्छ । 
 
टोलीमा काठमाडौंको सेलिब्रेसन कोएड विद्यालयलगायतका विद्यार्थी तथा पोखराको पृथ्वीनारायण क्याम्पसका शिक्षक तथा विद्यार्थी र नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का क्लव मेम्बरहरू सहभागी थिए । 
 
खोज नयाँ र प्रमाणित भएमा ती क्षुद्रग्रहलाई नेपाली नाम पनि दिन सकिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । यस अभियानबाट नेपाली विद्यार्थीमा पनि यस्ता अनुसन्धानप्रति लगाव बढ्ने उनले बताए ।  
 
अभियानका सहभागी टोलीले प्यान्स्टार्समार्फत प्राप्त तस्बिरमा भेटिएका लगभग एकलाख ८० हजार चलायमान पिण्डको परीक्षण गरेका थिए । प्यान्स्टार्सका हाल एक दशमलव आठ मिटरका दुईवटा टेलिस्कोप सञ्चालनमा छन् । रासस