मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

क्यानडाले बाह्र हजार शरणार्थीलाई प्रवेश दिने

क्यानडाले बाह्र हजार शरणार्थीलाई प्रवेश दिने


ओटावा (क्यानडा) । क्यानडाले इस्लामिक स्टेट (आइएस) लडाकुको कारबाहीको जोखिममा रहेका १२ हजार शरणार्थीलाई क्यानडा प्रवेशमा स्वीकृति दिने भएको छ । 
 
सरकारले शरणार्थीमध्ये विषेश गरेर महिला, बालबालिका, यजिदी आदीवासी र अल्पसङ्ख्यक धर्माबलम्वीलाई प्राथमिकता दिने बसाइँसराइ मन्त्रीले मङ्गलबार जानकारी दिए । 
 
‘हामीले उनीहरुलाई मर्का परेको आधारमा सहयोग गर्न लागेका हौंँ, त्यसमा कुनै धर्म र जातलाई पक्षपात गरिने छैन, उनीहरु सबै बाँच्नु पर्दछ भन्नेमा हाम्रो जोड रहन्छ,’ बसाइँसराइ मन्त्री अहमद हुसेनले पत्रकार सम्मेलनमा भने ।
 
झण्डै चार सय शरणार्थी बुधबार आइपुग्ने छन् । उनीहरुलाई पुनःस्थापित गर्न झन्डै दुई करोड बीस लाख अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । यजिदी समुदायका व्यक्ति विषेश गरी इराकको उत्तरी क्षेत्रमा बसोबास गर्ने गर्दछन् । रासस / सिन्ह्वा