मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

लसएन्जलसमा ल्होछार मनाइँदै

लसएन्जलसमा ल्होछार मनाइँदै


लसएन्जलस (अमेरिका)-  क्यालिफोर्नियाको लसएन्जल्स बस्दै आएका तामाङ समुदायले सोनाम ल्होछार भब्यरुपमा मनाउने भएका छन् । 
 
उनीहरूले ल्होछारकै अवसरमा शुभ कामना आदान—प्रदान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको सांस्कृतिक कोओर्डिनेटर भीमसेन लामाले जानकारी दिए । 'सबै जातजाती भाषा संस्कृतिको जगेर्ना गरौ, परम्परागत कला सस्कृतिको सम्बर्दन गरौ' भन्ने नाराका तामाङ समुदायको नयाँ बर्ष (चरा वर्ग )"ज्याल्हो'' को अवसरमा यस कार्यक्रममा समस्त संसारभरि छरिएर रहनुभएका सम्पुर्ण तामाङ दाजुभाई तथा दिदिबहिनीहरुमा सुख, शान्ति र उन्नति-प्रगतिको शुभकामना आदानप्रदान गरिने भएको छ । 
 
सोसाईटीका अध्यक्ष टेक लामाले एकता भित्रको छुट्टै भाषा, पहिचान र संस्कृतिको विकास गर्ने एवं तामाङ समुदायको मौलिकता झल्काउने गरि लसएन्जल्समा नै पहिलो पटक यो पर्व मनाउन गईरहेको बताए । यसका लागि सबैको सकारात्मक सहयोगको लामाले अपेक्षा गरेका छन् । 
 
अउँदो फेब्रुअरी २७ तारिख सोमबार साँझ लसएन्जल्सको आर्टेशिया स्थित तारा हिमालयन कुजिनमा चर्चित हाँस्यकलाकार गोपाल नेपाल (फिस्टे), अन्य कलाकारहरु डोमा ह्योल्मो, नलिना चित्रकार र दोहोरी गायिका शिला आलेमगरको प्रस्तुती रहनेछ । 
 
कार्यक्रममा सकृय सहभागिताका लागि सम्पूर्ण लसएन्जल्सबासी समुदायका दाजुभाई तथा दिदीबहिनी र सामुदायिक सदस्यहरुलाई महासचिव डोल्मा लामाले अनुरोध गरेकी छिन् ।