मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएन अमेरिका निर्वाचन: जोशीद्धारा वरिष्ठ उपाध्यक्षमा उम्मेदवार बन्न अस्विकार

एनआरएन अमेरिका निर्वाचन: जोशीद्धारा वरिष्ठ उपाध्यक्षमा उम्मेदवार बन्न अस्विकार


मेरिका- एनआरएन अमेरिकाको नेतृत्वका लागि पुन अध्यक्षपदमा उम्मेदवारी दिन लागेका डा केशव पौडेलले वरिष्ठ उपाध्यक्षमा अनौपचारिक रूपमा गौरी जोशीलाई प्रस्ताव गरेका छन् । एनआरएनको कार्यक्रममा सहभागी हुन ड्यालस आएका डा पौडेलले आइतबार अनौपचारिक रूपमा जोशीलाई आफ्नो टिममा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवार हुन आग्रह गरेका हुन् । 
 
तर, अध्यक्षमा उठ्ने घोषणा गरेका जोशीले डा पौडेलको प्रस्तावलाई अस्विकार गरेका छन् । मलाई वरिष्ठ उपाध्यक्षमा उठ्न अनुरोध भएको हो जोशीले हिमालयखवरलाई भने तर, म अहिले अध्यक्षकै उम्मेदवार हुँ । 
 
पदका लागि भन्दा पनि नयाँ ढङ्गबाट काम गर्न सकिन्छ कि भनेर आफू एनआरएन अमेरिकाको नेतृत्व लिन अघि बढेको जोशीले दाबी गरे । 
 
डा पौडेलसंग अनौपचारिक रूपमा बस्नु अघि जोशीको समूह भित्र पनि छलफल भएको थियो । उक्त छलफलमा डा पौडेलको धारणा के रहेछ यो बुझ्न पनि सामूहिक कुराकानी गर्ने तय भएको थियो । उक्त अनौपचारिक कुराकानीमा डा पौडेलले आफू पुन: उठ्न लागेकोले मिलेर जान उपयुक्त हुने बताउँदै सबैसँग सहयोगका लागि आग्रह गरेका थिए एक जना सहभागीले भने ।
 
डा पौडेलले हिमालयखवरसंगको भिडियो कुराकानीमा आफूले नेतृत्वका लागि पुन दोहोर्याउने बताएका छन् । डा पौडेल र जोशी बाहेक एनआरएन अमेरिकाको नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेल, न्यूयोर्क च्याप्टर अध्यक्ष टेम्वा शेर्पा,  उपाध्यक्ष रविना थापाले अध्यक्षमा उम्मेदवार दिने घोषणा गरिसकेका छन् । अन्य केहीले पनि अध्यक्षमा घोषणा गर्ने बताउँदै आएका छन् । 
 
वरिष्ठ उपाध्यक्षमा टेक्ससका सुनील शाहले पनि उम्मेदवार दिने चर्चा छ । तर, आइतबारको अनौपचारिक छलफलमा शाहले सहमति भए आफू अन्य पदमा बस्न तयार रहेको बताएका थिए । डा पौडेलको दुई बर्षे कार्यकाल आउने महिना समाप्त हुन्छ । एनआरएन अमेरिकाको निर्वाचन मे वा जुन महिनामा हुने बताइएको छ । तर, यसको घोषणा भइसकेको छैन ।