मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

प्रेम दिवसको शुभ-कामना

प्रेम दिवसको शुभ-कामना


क्षणीक समयको लागि उदाएको,
त्यो फूल रुपी जवानीले,
ढपक्क ढाकेको जीउडाललाई,
एकै दिनको असिनाले,
बर्षौ कुरी पाक्न लागेको हिमाली खेती नासे झै,
कोही कसैको नक्कली बनि, 
निसम्म त्यो उजाड बनेको हृदयको बस्तिमा,
कसैले कसैको खोसे झै,
कसैको केही हराए झै,
हराएका र खोसिएहरुको खोजीमा,
कोही पाउने,
कोही हराउदै,
जोसमा होस गुमाउने,
प्रेम नाम दिईएको, 
यो एक दिवसीय यात्रामा,
साउने झरीको भेलले बगाएको,
माटो भित्र,
आफ्नो कित्ता भित्र पर्ने,
जग्गाको माटो खोज्न हिडेका, 
ती प्रेमी-प्रेमीकाहरुका,
गन्तब्य बिहीन यात्राको डौडमा हिड्दा,
बर्षादका पानीका फोका बनि,
बन्दै र फुट्दै गरेको,
मेरो र उनको बिगतको निरन्तरता,
फेरी खोज्न, 
प्रेमको नाटकमा,
कृत्रिम गमलामा उम्रेको,
कृत्रिम प्लाष्टिका प्रेम रुपी फूलमा,
क्षणिक काम बास्नामा बाँधिदै,
प्रतिबध्दताको सपथ खाँदै,
रेष्टुरेन्टमा जमेका पुस्ताहरुलाई,
नक्कली हैन,
सक्कली प्रेम प्रेमसुत्रले बाँधोस,
अनि ,
यो सुरुआतको यात्रा नै,
तिम्रो अन्तिम  र सक्कली बनोस,
यो नै तिमीलाई शुभ-कामना छ ।।