मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

टुहुरा दिदीभाईलाई नेपाल जर्नीको सहयोग

टुहुरा दिदीभाईलाई नेपाल जर्नीको सहयोग


बुवा आमाले छाडेरे टुहुरा बनेका रत्ननगरको माधवपुरका दिदी भाईको शिक्षाको लागि आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । माधवपुरमा रहेको विन्देश्वरी निमाविमा अध्ययन गर्ने संगिता गोले र यज्ञान गोलेलाई शिक्षाको लागि सहयोग गरिएको हो ।
 
बुवा आमाले छाडेर पढन नपाएको खवर सञ्चार माध्यमबाट थाहापाएपछि नेपाल जर्नी नामक अमेरिकाको संस्थाले उनीहरुलाई आवासीय सुविधा सहित अध्ययन गराउन सुरु गरेको थियो । दिदी भाई विन्देश्वरी छात्रबासमा बसेर सोही विद्यालयमा अध्ययन गरिरहेका छन । सोमवार दिदी भाईलाई १३ महिलाको लागि आवश्यक पर्ने रकम र कपडा हस्तान्तरण गरिएको छ ।
 
नेपाल जर्नी मार्फत दिपवे फाउण्डेशन जापानका सञ्चालक दीपक सुवेदीले एक बर्षको लागि आवश्यक पर्ने एक मुष्ट ६० हजार र नेपाल जर्नीले बाँकी रहेको एक महिनाको पाँच हजार रुपैया र कपडा सहयोग हस्तान्तरण गरेको हो । विद्यालयमा आयोजित कार्यक्रममा नेपाल जर्नीका उपाध्यक्ष बद्रि श्रेष्ठ,जर्नीका जापान संयोजक प्रेमप्रसाद आचार्यले विद्यालयका प्रधानाध्यापक भिमप्रसाद खनाललाई हस्तान्तरण गर्नु भएको थियो । सो अवसरमा बोल्दै नेपाल जर्नी अमेरिकाका उपाध्यक्ष श्रेष्ठले अनाथ बालबालिकाको शैक्षिक सहयोग र बिपन्न समुदायको आर्थीक बिकासका लागी संस्था स्थापना भएको र सोही अनुरुपका कामहरु संस्थाले गर्दै आएको बताउनु भयो ।
 
उहाले आवस्यक परे बिद्यालयलाई अन्य खाले सहयोग प्रदान गर्न संस्था तयार रहेको समेत बताउनु भयो । त्यस्तै नेपाल जर्नीका जापान संयोजक प्रेमप्रसाद आचार्यले गरिबिका कारण शिक्षा लिन बाट बन्चित भएका बालबालिका लाई शिक्षाको ज्वती प्रदान गर्न पाउदा आफुलाई खुसि लागेको बताउनु भयो । त्यस्तै उहाले दाता दीपक सुवेदीलाई धन्यबाद सहित आगामी दिनमा पनि यस्तै सहयोगका कामहरलाई निरन्तरता दिन आग्रह गर्नु भयो । विद्यालयका अध्यक्ष दीपकराज पौडेलले आफना बिद्याथीको शैक्षिक बिकासमा संस्थाले गरेको योगदान अमुल्य भएको बताउदै संस्थालाई धन्यबाद प्रकट गर्नु भयो । सो अवसरमा बिद्यालयका तर्फ बाट प्रधानाध्यापक खनालले संस्थालाई कदर पत्र प्रदान गर्नु भएको थियो ।
 
कार्यक्रमा पत्रकार महासंघ चितवनका कोषाध्यक्ष होमनाथ सापकोटा,नेपाल जर्नीका चितवन संयोजक मुरली प्रसाद गजुरेल, मिडिया संयोजक प्रकाश सिग्देललगायतले मन्तव्य राख्नु भएको थियो