मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

सगुनको स्वामित्व सेयरमा लगानी: जोखिम पनि हेरौं

सगुनको स्वामित्व सेयरमा लगानी: जोखिम पनि हेरौं


हिमालयखवर संवाददाता
अमेरिका- समाजिक संजाल कम्पनी सगुनले बिहीबार देखि सर्वसाधारणका लागि स्वामित्व सेयर (मिनी आईपीओ) वितरण (विक्री) खुला गरेको छ । यो स्वामित्व सेयर लगानीका लागि कति सुरक्षित छ ? सगुनको स्वामित्व सेयरमा लगानी गर्न चाहनेका आधिकारिक वेभसाइट सगुन डटकम खोलेर हेरौं । लगानी जिज्ञासा (इन्भेष्मेण्ट क्यूरिज)मा सगुन नै राखेको एउटा प्रश्न र जवाफ यस्तो छ । 
 
के मेरा लगानीमा प्रतिफल आउँछ भनेर तपाईँ ग्यारेण्टी गर्न सक्नु हुन्छ ? नो (सकिदैंन) । शुरुआती चरणमा रहेका सगुन जस्ता कम्पनीमा लगानी गर्नु अति जोखिम (एक्सट्रेम्ली रिस्की) हो । कृपया हाम्रो लगानी आव्हान सम्बन्धी सकुर्लर रिभ्यु (विवरणको अध्ययन र मूल्यांकन) गर्नु होला र तपाईँको वित्तीय सल्लाहकार (फाइनान्सियल एडभाईजर)सँग किन्ने वा नकिन्ने निर्णय गर्नु अघि सम्पर्क गर्नु होला । कुनै पनि मूल्यमा तपाईँले आफ्नो नोक्सान व्यहोर्ने क्षमता भन्दा बढी लगानी नगर्नु होला ।
 
कुनै पनि स्वामित्व सेयरमा लगानी जोखिम हो । सगुन जस्ता सूचना प्रविधि क्षेत्रका स्टार्ट अप कम्पनीमा लगानीलाई झनै जोखिम मानिन्छ । यस्ता स्टार्टअफ कम्पनीमा लगानीलाई चिठ्ठासंग पनि तुलना गरिन्छ । यस्ता कम्पनीमा गरिएको लगानीबाट एकैपटक धेरै फाइदा पनि हुन सक्छ वा डुुब्नपनि सकिन्छ । सगुन द्धारा प्रेरित विज्ञप्तिमा ,सगुन जस्ता स्टार्टअफ कम्पनीमा लगानी गर्दाको फाइदा स्थापित कम्पनीहरुमा भन्दा बढी हुने र त्यत्तिकै मात्रामा जोखिमको पनि सम्भावना रहेको हुन्छ, भनिएको छ । 
 
लगानी गर्नु अघि कम्पनीको वित्तीय स्थिति, संचालकहरु, भौतिक संरचना, भविष्यका योजना, यसलाई कार्यान्वयन गर्ने रणनीति आदि पक्षलाई अध्ययन गरेर लगानी गर्दा जोखिम कम गर्न सकिन्छ । सगुनको स्वामित्व शेयरमा लगानी निर्णय गर्नु अघि उसकै वेभसाइटमा पाइने सकुर्लर रिभ्यूमा गई दिईएका विवरणको अध्ययन र मूल्यांकन गरेर निष्कर्षमा पुग्दा ढुक्क हुन सकिन्छ । एसईसीले स्वीकृत दिएपनि फाइदाको ग्यारेण्टी गरेको हुदैंन, यो लगानीकर्ताको जोखिम हो पैसा हाल्नेले नै मूल्यांकन गर्नु पर्छ ।
 
सगुनले २ करोड अमेरिकी डलर (करिब २ अर्ब १० करोड रुपैंया) बराबरको सेयर बिक्रीका लागि खुला गरेको छ । गत साता अमेरिकी सेक्युरिटिज एण्ड एक्सचेञ्ज कमिसन (एसईसी)ले स्वीकृत गरेपछि सगुनले सेयर विक्री सुरु गरेको हो ।  यो सगुनको कुल शेयरको २१ प्रतिशत रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सगुनको आठ लाख ६९ हजार ५६४ कित्ता शेयरलाई प्रति कित्ता २३ अमेरिकी डलरमा बिक्री सुरु गरिएको हो ।  लगानी गर्न चाहनेले कम्तीमा २९९ डलर बराबरको १३ कित्ता सेयर किन्ने पर्छ । त्यसभन्दा माथि भने इच्छा अनुसार किन्न पाइन्छ । तर, प्रति वर्ष २ लाख अमेरिकी डलर भन्दा कम आम्दानी हुने परिवारले वार्षिक आम्दानीको १० प्रतिशत मात्र लगानी गर्न पाउंछन । 
  
सगुनले नेपाली सीप र लगानीमा खोलिएको सामाजिक सञ्जाल भएको दाबी गर्दै विदेशमा रहेका नेपालीलाई लक्षित गरी यो सेयर विक्रीमा राखेको हो । सगुनका अनुसार सन् २०१४ मा सगुन कम्पनीको मूल्य प्रति कित्ता ५ सेण्ट (शून्य दशमलव ५ डलर) थियो । सन् २०१५ मा पूर्व मिनी आईपीओ निष्कासन गर्दा सगुनले आफ्नो सेयरको मूल्य प्रति कित्ता ३ डलर ७५ सेण्ट भएको दाबी गर्‍यो । अहिले यो सेयरको मूल्य प्रतिकित्ता २३ डलर राखिएको छ । यस अनुसार सगुन कम्पनी ८ करोड ९० लाख अमेरिकी डलर (करिब ९ अर्ब रुपैंया)को भएको दाबी सगुनको छ ।
 
दुई वर्षमै सगुनको भ्यालु (मूल्य) एकाएक कसरी बढ्यो ? सगुनका सहसंस्थापक कविन्द्र सिटौला भन्छन् आईडिया चरणमा कम्पनी आईसकेपछि मूल्य बढ्नु स्वभाविक हो, स्टार्ट अफ कम्पनीमा यस्तै हुन्छ तरपनि यो हाम्रो कम्पनीको मूल्यांकन तेस्रो पक्षले गरेको हो । 
 
अमेरिका, भारत र नेपालमा कम्पनीका शाखा रहेको र त्यहाँ १८ पुर्णकालिन र १० जना पार्टटाइम काम गर्दै आएको कविन्द्रले दाबी गरे 
वासिंटन डिसीमा अहिलेसम्म कम्पनी संस्थापक गोविन्द गिरीको घरको भुईतल्लामै छ हामी यो स्वामित्व सेयर विक्री पछि उपयुक्त स्थानमा कार्यालय राख्छौं, दक्ष कर्मचारी थप्छौं कविन्द्रले भने हामीलाई नयाँ प्रोडक्ट ल्याउनका लागि खर्च हुन्छ यसकै लागि स्वामित्व सेयर विक्रीमा राखिएको हो ।
 
सगुनको स्वामित्व सेयरमा लगानी गर्नेले दोस्रो बजार (सेयर बजार)मा किनवेच गर्न पाउंदैनन् । के मैले भविष्यमा यो सेयर विक्री गर्न पाउंछु भन्ने प्रश्नमा सगुनको उत्तर छ , हाललाई हाम्रो सेयर स्टक एक्स्चेञ्जमा विक्री सुचिकृत गर्ने योजना छैन त्यसैले तपाईँले सजिलै सेयर विक्री गर्न सक्नुहुन्न । भविष्यमा स्टक एक्स्चेञ्जमा सुचिकृत गर्ने योजना रहेको कविन्द्रले बताए ।
 
सगुनको अहिलेको कारोबार कति छ ? कविन्द्र भन्छन्  अहिले हाम्रो प्रथामिकता टेक्नोलोजी विल्डअप, अफिस सेटअफ, प्रोडक्ट डेभ्लप हो, दुई वर्ष भित्र स्मार्ट कार्ड ल्याउने, प्रयोगकर्ताको सङ्ख्या बढाउने हाम्रो योजना छ ।
 
 कम्पनीले प्रोडक्ट ल्याउन सकेन र ल्याएरपनि बजारमा सफल भएनन् भने सगुनको आम्दानी हुदैंन यो लगानीकर्ताका लागि सबैभन्दा ठुलो जोखिम हो । स्थापना भए यताका करिब तीन वर्ष सगुनले आफ्नो उत्पादनबाट वित्तीय कारोबार गरेको कतै उल्लेख छैन । कम्पनीले करिब साढे चार लाख प्रयोगकर्ता आवद्ध रहेको दाबी गरेको छ । प्रयोगकर्ताको सङ्ख्या निकै बढाउन सक्यो भनेमात्र सगुनको भ्यालु वढ्छ । 
 
एसईसीवाट स्वीकृत लिनका लागि थुप्रै चरणपार गरेको दाबी कविन्द्रले गरे । हामीलाई हौसला पनि दिनु पर्छ, उनले भने स्टार्ट अफ कम्पनी हो जोखिम छ, क्षमता अनुसार स्थामित्व सेयरमा पैसा हाल्ने हो ।