प्रेस विज्ञप्ती / सूचना पाटी

ग्रेटर अष्टिन नेपाली सोसाइटी (ग्यान्स) को सूचना

1076 पटक पढिएको

हिमालय खबर | 31st Jan 2017, Tuesday | २०७३ माघ १८, मंगलवार १०:१९

आदरणीय बुबा आमा, दाजु भाई तथा दिदी बहिनीहरु,
नमस्कार! 


दोश्रो गरिमामय सम्मेलनबाट गठित ग्यान्स कार्य समितिको प्रथम पूर्ण बैठकले पहिलो चरणका कार्यक्रमहरुका बारे केही निर्णयहरु गरेको थियो । यसको तयारीका सन्दर्भमा हालसम्म भएका प्रगतिहरुलाई यहाँहरु सवैको जानकारीकालागी प्रस्तुत गरेकाछौं । सबैले आफ्नो क्यालेण्डरमा चिन्हो लगाउनु हुनेछ र महत्वपूर्ण अवसरहरुमा साथ दिनुहुनेछ भन्ने विश्वास लिएकाछौं । कार्यक्रमको विस्तृत जानकारी पछी गराइनेछ ।


१) कानुनी परामर्श तथा छलफल कार्यक्रम:
Sunday, February 19, 2017 at Pflugerville Public Library, 1008 Pfluger St W, Pflugerville, TX 78660 (1am)
इमिग्रेसन सम्वन्धी अहिलेको नयाँ सरकारी नीतिबाट सिर्जित अन्यौलतालाई प्रष्ट पार्ने तथा अपनाउन पर्ने सजगताका साथै कसरी सहयोग गर्न सकिन्छ भन्ने बिषयमा बरिष्ठ कानुनविद तथा एनआरएन अमेरिका पूर्व अध्यक्ष खगेन्द्र जिसी लगायतसँग कानुनी परामर्श तथा छलफल कार्यक्रम |

२) निःशुल्क स्वास्थ्य सिविर तथा रक्तदान:
Sunday, March 12, 2017 at Austin Hindu Temple & Community Center, 9801 Decker Lake Rd, Austin, TX 78724

३) नेपाली नयाँ बर्ष २०७४ को अवसरमा New Year Cup Tournament (Soccer, Volleyball and Kids Basketball) उद्घाटन कार्यक्रम:
Sunday, March 19, 2017, 11am
East Metropolitan Park, 18706 Blake Manor Rd, Manor, TX 78653

४) नेपाली नयाँ बर्ष २०७४ को अवसरमा बनभोज कार्यक्रम:
Saturday, April 15, 2017 (बैशाख २ गते २०७४) at East Metropolitan Park, 18706 Blake Manor Rd, Manor, TX 78653

- हार्दिक धन्यवाद सहित 
ग्यान्स कार्य समिति