मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

मेक्सिको पर्खालको असर

मेक्सिको पर्खालको असर


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले मेक्सिकोवाट आउने समानमा २० प्रतिशत भन्सार दर लगाएर सिमामा लगाइने पर्खालको खर्च जुटाउन सकिने सार्वजनिक गरेको छ। यदी यो लागु भए अमेरिकी उपभोक्ताले टेलिभिजन देखि कारसम्म, गोलभेडा, एभकाडो देखि कोरोना वियरसम्म किन्दा बढी मूल्य तिर्नुपर्ने हुन्छ। 
 
अमेरिकाले दक्षिणको छिमेकी मेक्सिकोवाट सन् २०१५ मा तीनसय तीन अर्ब डलर बरावरको समान किनेको थियो। यदी यो समानमा २० प्रतिशत कर लगाउने हो भने झण्डै ६० अर्ब डलर प्राप्त हुन्छ। यो रकम पर्खाल लगाउन चाहिने खर्च भन्दा वढी हो। तर, अप्रत्यक्षरुपमा यो खर्च अमेरिकी उपभोक्ताले नै तिर्ने हो।
 
 
कुनैपनि समान आउँदा लाग्ने कर आयातकर्ताले नै तिर्नु पर्छ। तर, वास्तविकतामा उक्त कर आयातकर्तालेपनि तिरेको हुदैंन उपभोक्तालाई वढी मूल्य लगाएर असुल गरिन्छ। 
 
यदी ह्वाइट हाउसले २० प्रतिशत कर लगाउने निर्णय गरेमा यसले दुवै देशको अर्थतन्त्रलाई प्रतिकुल असर पर्न सक्ने चेतावनी विज्ञहरुले दिएका छन्। अमेरिकाका नीति निर्माताहरुले पनि यो कदमको विरोध गरिरहेका छन्। 
 
कर लगाउने निर्णय कार्यानवयन हुँदा कार बनाउने फोर्ड, जीएम कम्पनी देखि वालमार्ट, वेष्टबाई लगायत खुद्रा विक्रेतालाई पनि असर पर्ने जनाईएको छ। दुई देशको व्यापारवाट अमेरिकामा झण्डै ६० लाख रोजगारी सृजना भएको छ। मेक्सिकोसँगको व्यापारमा ५० अर्ब डलर भन्दा वढी घाटा भएपनि अमेरिकाको लागि पनि ठुलो बजार हो। 
 
मेक्सिकोका व्यापार मन्त्रीले यदि अमेरिकाले भन्सार दर वृद्धि गर्छ भने त्यही अनुसार व्यवहार गर्दै अमेरिकी समानमा पनि भन्सार बृद्धि गरिने वताएका छन्।  
 
आफ्नो भनाईलाई केही नरम वनाउंदै ह्वाइट हाउसले पर्खाल लगाउन आवश्यक पर्ने खर्च उठाउन भन्सारका कर नै लगाउने भन्ने विभिन्न सोच मध्ये एउटा रहेको जनाएको छ। 
 
अमेरिका मेक्सिकको सिमामा पर्खाल लगाउने राष्ट्रपति ट्रम्पको विवादस्पद कार्यक्रमले दुई देश बीचको सम्वन्धमा तनाव वढेको छ। आउने साता ह्वाइट हाउसमा मेक्सिकोका राष्ट्रपति एनरिक पेना निएतोले महत्वपुर्ण भेटघाट गर्ने कार्यक्रम थियो। तर, ट्रम्पले भ्रमणको सन्ध्यामा पर्खाल निमार्णमा लाग्ने खर्च तिर्ने भए अमेरिका आउ नभए घरमै वस भनेर टिवटरमा राखेपछि एनरिकले भ्रमण रद्द गरेका हुन्। तर, दुवै राष्ट्रपतिले आपसी सहमतिमा भेटघाट कार्यक्रम रद्द गरेको दावी गरेका छन्।
 
शुक्रबार बिहान दुई देशका राष्ट्रपतिबीच टेलिफोन वार्ता भएपनि समस्या समाधानमा त्यो वार्ताले सकारात्मक भूमिका खेल्न सकेन।