मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जानी राखे राम्रो    

अमेरिकामा ट्याक्स फाइल के गर्ने, कसरी गर्ने ?

अमेरिकामा ट्याक्स फाइल के गर्ने, कसरी गर्ने ?


हिमालयखवर संवाददाता 
टेक्सस(अमेरिक)-  कर दाखिला (ट्याक्स फाइल) विवरण आफैले भर्ने वा विज्ञ कहाँ जाने के गर्दा उपयुक्त हुन्छ ? यो धेरैले सोध्ने प्रश्न हो । टेक्सस ड्यालस स्थित सर्टिफाइड पब्लिक एकाउण्टेण्ट (सीपीए) भीम कार्की सुझाव छ, ‘साधारण आम्दानीको एउटा मात्र स्रोत छ भने आफैँ भर्दा पनि हुन्छ तर, केही जटिलता छन् भने विज्ञकहाँ जानु उपयुक्त हुन्छ ।’  
 
‘एउटा मात्र डव्लु टू फारम छ, आम्दानी र खर्च पनि खासै केही छैन भने आफै अनलाइनवाट निःशुल्क ट्याक्स फाइल गर्दा पनि हुन्छ,’ कार्कीको सुझाव छ  ‘तर, आम्दानीका स्रोत धेरै छन्,  कर किन्ने लगायतका खर्च पनि धेरै छन्, केही जटिलता छ भने विज्ञकहां जानु राम्रो हुन्छ । विज्ञको सुझाव नलिँदा वा ट्याक्स कसरी फाइल गर्ने भन्ने थाहा नहुदां लिनु पर्ने ठाउँ छुट्ने र नलिनु पर्ने देखिने जस्ता सम्भावना हुन्छन् यसबाट नोक्सान पर्छ उनले भने अनलाइन मार्फत भर्दा पनि कहाँ के भर्नु पर्छ यो थाहा पाउनु पर्छ यो जानिएन भने छुट वा पाउनु पर्ने सहुलियत पाइंदैन’ उनले भने । 
 
व्यवसाय गर्ने, धेरै डव्लु टू फारम हुने लगायत केही जटिलता छन् भने सीपीए कहाँ जानुनै उपयुक्त हुने कार्कीको सुझाव छ । इन्टरनल रेभेन्यू सर्भिसेज (आईआरएस) ले आउने सोमबार देखि फ्रेडरल ट्याक्स रिटर्न (कर फिर्ता) को प्रक्रिया सुरु गर्दै छ । ५४ हजार डलर भन्दा कमको वार्षिक आम्दानी छ, भने अनलाइनमा निःशुल्क ट्याक्स फाइल गर्न सकिन्छ । तर, कतिपय सन्दर्भमा स्टेट कर फाइल गर्दा निःशुल्क हुदैंन । 
 
अमेरिकामा रोजगारी, व्यापार व्यवसाय गर्ने लगायत कुनै पनि रूपमा आम्दानी गर्नेले प्रत्येक वर्ष ट्याक्स फाइल गर्नु पर्ने कानुनी प्रावधान छ । तिरेको कर, परिवारमा आश्रितको सङ्ख्या हेरेर आईआरएसले यसरी कर विवरण बुझाउने कर दाताले कति रकम फिर्ता पाउने वा नपाउने यो तय गर्छ । आउने अप्रिल १५ सम्म ट्याक्स फाइल गरी सक्नुपर्छ । 
 
बढी, घटी कर फिर्ता किन हुन्छ ? कार्की सीपीए एलएलसी कम्पनीका प्रिन्सिपल समेत रहेका भीम भन्छन्, कर विवरण दिदां कतिपय ग्रे एरिया (अस्पष्ता) हुन्छन् तर, नियमानुसार गर्नेले यस्तो गलत गर्ने तिर लाग्नु हुदैंन पछि समस्या हुन सक्छ  । तीनवटा बच्चा छन्, तर चार वटा लेख्दा बढी कर फिर्ता आउँछ, कर तिरेको विवरण गलत रूपमा राख्दा पनि फरक पर्छ तर, यस्तो अनियमित काम गर्नु हुदैंन कार्कीले भने यही कारण पनि पछि ठुलो समस्यामा पर्न सकिन्छ । 
 
कर विवरण दाखिला गर्दा थुप्रै खर्चहरु कटाउन पाइने कार्कीले बताए । उनका अनुसार गो फण्ड वा ५०१ सी संस्थालाई दिएको सहयोग रकम कटाउन पाइन्छ । यस्तै मोटर किन्दा तिरेको विक्री कर, घर किन्दा तिरेको कर, किस्त्ताको ब्याज, बिमा, सम्पत्ति कर, गाडीको बािर्षक रूपमा तिरेको कर, विद्यार्थी हुदां लिएको ऋण भुक्तानी रकम लगायत पनि कट्टा गर्न पाइने कार्कीले जानकारी दिए । स्वास्थ्य बिमा छैन भने जरिवाना तिर्नु पर्छ यो जरिवाना नतिर्न  कार्कीले भने न्यूनतम नौ महिना स्वास्थ्य बिमा भएकै हुनु पर्छ । 
 
ट्याक्स फाइल गर्दा आम्दानीको स्रोत र खर्चका विवरण देखिने कागजात लिएर जानु उपयुक्त हुने कार्कीले बताए । उनका अनुसार अमेरिकाको कानुनमा २० डलर बाटोमा फेला पर्‍यो भनेपनि रिर्पोट गर्नु पर्छ, काममा पाएको टिप्स, लगायत सबै आम्दानी खुलाउनु पर्छ । 
 
कति फिर्ता हुन्छ ? सरसर्ती हिसाबमा ३० हजार डलर आम्दानी र एउटा बच्चा छ भने एक हजार बच्चाको ट्याक्स क्रेडिट सहित करिब १५ सय डलर फिर्ता हुन्छु  ४० हजार डलर आम्दानी छ र समान्य दरमा मासिक कर कट्टी गरेको छ भने १ बच्चा हुदां ६, ७ सय डलर फिर्ता हुन्छ , २ वटा बच्चा छन् भने २२ सय डलर सम्म फिर्ता हुन सक्छ, कार्कीले भने । फुड स्टम्प, सोसल सेक्युरिटी बेनिफिट लिएको आधारमा कर फिर्ता तल माथि नहुने कार्कीले बताए । 
 
विद्यार्थीले के गर्ने 
 
अमेरिकामा कुनै पनि पेसा व्यवसाय गरेर आम्दानी गर्ने नेपाली विद्यार्थीले ट्याक्स फाइल गर्नु पर्ने कार्कीले बताए ।  सोसल सेक्युरिटी कार्ड भएका कतिपय नेपाली अन्तर्राष्ट्रिय विद्यार्थीले अमेरिकी नागरिक वा तिनका परिवारले मात्र पाउने सुविधा एक हजार डलर लिन पनि  ट्याक्स फाइल गर्छन् । तर यो कानुन विपरीत भएको र आईआरएसको फाइलमा रहिरहने हुदां भविष्यमा अप्ठ्यारो पर्न सक्ने कार्कीले जानकारी दिए । यो पछि जरिवाना सहित फिर्ता दिनु पर्ने हुन सक्छ । अमेरिकामा आम्दनी छैन, भने विदेशी विद्यार्थीले ट्याक्स फाइल गर्नु पर्दैन तर, ८८४३ फारम भर्नु पर्छ ।
 
 काम नगरी फाइदा हुन्छ भन्ने हल्लाका आधारमा विद्यार्थीले ट्याक्स फाइल गर्न नहुने उनले बताए । केही पैसा फाइदा हुन्छ भन्ने हल्लाका आधारमा विद्यार्थी पछि लाग्नु हुदैंन कार्कीले भने यसो गर्दा पछि भविष्यमा रोजगारी वा अध्यागमन सम्बन्धी प्रकृयाहरुमा समस्या हुन सक्छ । नेपाली विद्यार्थीलाई कुनै विषयमा अन्यौलता छ भने म निःशुल्क सेवा दिन तयार छु कार्कीले भने । 
 
 
(व्यक्तिगत र व्यावसायिक ट्याक्स फाइल सम्बन्धी परामर्शका लागि भीम कार्की (कार्की सीपीए एलएलसी कम्पनी टेक्सस, ड्यालस) सँग २१४ २२३ ०७३० वा इमेल: [email protected] मा सम्पर्क गर्न सकिने छ ।)