मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा महापुराणबाट ५३ हजारडलर चन्दा संकलन

अमेरिकामा महापुराणबाट ५३ हजारडलर चन्दा संकलन


टेक्सस (अमेरिका)– ड्यालसको अर्विङस्थित नेपाली मन्दिरमा सञ्चालन भइरहेको महापुराणको सातौं दिन शनिबारसम्म ५३ हजार डलर संकलन भएको छ ।
 
सप्ताहव्यापी महापुराणको क्रममा भक्तजनहरुले प्रदान गरेको भेटी, चन्दागरि उक्त रकम जम्मा भएको नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्रका कोषाध्यक्ष छबी चापागाईले जानकारी दिए । महापुराण आज आइतबार समापन हुँदैछ ।
 
संकलित रकमबाट मन्दिरको भौतिक संरचना निर्माण खर्च गरिनेछ । आइतबारसम्म चन्दा रकम थप भएर ६०  हजार डलर पुग्ने अनुमान गरिएको छ ।
 
आइतबार महापुराण समापनको दिन बिहान ९ बजे नियमित पूजा  सुरुभएपछि १० बजे सामुहिक लघुरुद्री, १२ बजे होमयज्ञ, साँढे १ बजे विष्णु सहस्र (तील चढाउने) कार्यक्रम छ । आइतबार २ बजे यज्ञ समापन गरेर ३ बजे प्रसाद वितरणको कार्यक्रम रहेको छ ।
 
एक सातासम्मको महापुराणको क्रममा पण्डित मेघराज निरौला, डा. शेखर पण्डित र नेपालबाट आउनुभएको पुरुषोत्तम सापकोटाले पनि प्रवचन दिनुभएको थियो भने पण्डित कृष्णा भट्टराईले मुल ग्रह पढ्नुभएको थियो । महापुराणको पुरै समय हरि थापाले भजन टीमको नेतृत्व गर्नुभएको थियो ।
 
नेपाली समाज टेक्ससका अध्यक्ष कृष्ण लामिछानेका अनुसार सप्ताहव्यापी महापुराणले गर्दा नेपालबाट आउनुभएका बा आमाहरुलाई समय कटाउन सहज हुनुका साथै एक आपसमा चिनजानको थलो समेत भएको छ । 
 
त्यस्तै नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्रका महासचिव सुरेशचन्द्र पोखरेलका अनुसार संकलित रकम निर्णय अनुसार खर्च गरिनेछ । उहाँका अनुसार महापुराणमा पण्डितहरुको प्रवचनले गर्दा सातै दिनसम्म भक्तजनहरुको ठूलो भीड लागेको हो । 
 
केन्द्रका अध्यक्ष रमेश पोखरेलले यस्तो खालको सतानत धर्मको कार्यक्रममा नेपाली विद्यार्थीलाई समेत सहभागी गराउन सकेको भए अत्यन्तै राम्रो हुने विचार राख्नुभएको छ । यसले गर्दा ड्यालसमा नेपालीहरुको एकता गराउन ठूलो बल पुगेको समेत उहाँले बताउनुभयो ।
 
सुरुको दिनदेखि शनिबारसम्म झण्डै दुईहजार भक्तजनहरु मन्दिरमा महापुराण श्रवणको लागि आएको अनुमान गरिएको छ ।