प्रवास

टेक्सस ड्यालसमा अर्को दुखद घटना

133888 पटक पढिएको

१४ महिना अघि लुटेराको आक्रमणमा पत्नी गुमाएका नवराज शिवाकोटी असामयिक निधन

10th Aug 2016, Wednesday | २०७३ श्रावण २६, बुधवार ०९:४१
हिमालयखवर संवाददाता
टेक्सस(अमेरिका)-  टेक्ससको नेपाली समुदाय माथि अर्को बज्रपात परेको छ । १४ महिना अघि लुटेराको आक्रमणमा पत्नी गुमाएका दुई नावालक  छोरीका पिता नबराज शिबाकोटी अगष्ट ७, २०१६ मा  असामयिक निधन भएको छ I नवराजको मृत्युको कारण खुलाईएको छैन । उनको स्थानीय अस्पतालमा पोसमार्ट भए पनि मृत्युको जानकारी सार्वजनिक गरिएको छैन । 
 
नेपालका पुख्र्यौली घर दोलखा भएका शिवाकोटी परिवार समिराको हत्यापछि असाध्यै दुखित थियो । ‘हाम्रो परिबारका सदस्य एवं भाई नवराजको निधन भएको छ,’ उनका दाजु विष्णुले भने । 
 
ड्यालसको नेपाली समुदायमाथि यो सहनै नसक्ने बज्रपात आइलागेको छ । उनको अन्तेष्टी  अगष्ट १०,  बुधबार बिहान साँढे नौ बजे ‘हग्स फनरल हाउस’मा गरिने उनका दाजु शिबाकोटीले नेपाली समाज टेक्ससलाई जानकारी गराएका छन् । 
 
गत वर्षको जुन १० तारिखमा आफनै  स्टोरमाका काम गरिरहेका वेला लुटेराले पैसा लिएपछि उनकी पत्नी समिरालाई गोली हानी हत्या गरेको थियो । टेक्सासको डेन्टन दी कोलोनी स्टोरमा ग्राहक बनेर आएका एक अश्वेत १८ वर्षीय युवाले समिरालाई गोली हानी हत्या गरेका थिए । समिराको हत्यारालाई प्रहरीले १० दिनपछि पक्राउ गरेको थियो ।
 
ती दम्पत्तीका तीन  र दुई बर्षका दुई छोरीहरू छन् । टेक्ससको डेन्टनमा स्टोर सञ्चालन गरेर बस्दै आएका नवराजका दुई छोरी टुहुरा भएका छन् ।  नवराज पत्नीको हत्या पछि असाध्यै दुखित भएका थिए । 
 
समिराको हत्या एक अश्वेत अमेरिकन डियोन किंग्सटनले गरेका थिए । प्रहरी हिरासतमा रहेका किंग्सटनसंग सोमबारमात्र वकिलले बयान लिएका थिए । हत्याको अभियोग प्रमाणित भएको अवस्थामा किंग्सटनलाई जन्मकैद सजांय हुने आधार तयार भैसकेको थियो । अदालतको जुरी केही दिनमै निर्णय सुनाउने तयारीमा थियो । यो पनि पढ्नु होला >>