मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

डाडुमा पानी ततायर मर

डाडुमा पानी ततायर मर


हे के.पि. र ओलिको सपनामा विपना देख्नेहरु हो । शहरमा महलमा रमायर, सरकारी रासन र सरकारी साधन आनि सरकारी शुख, सुविधाको दुरुपयोग गर्नेहरु हो । तिमिहरुलाई के थाहा गास, वास र आस के हो भनेर । कसैले यो दिन्छु, कसैले त्यो दिन्छु, कसैले आकाशको तारा ल्याउछु अनि सवैले वाडेर लिउँला । तिमिहरुलाई के थाहा दुःख के हो र आभाव भन्ने कुरा कस्तो हुन्छ भनेर । तिमी उत्पीडित, गरीव र निमुखाको जीवन संग खेल्न पल्केका नरपिपाशुलाई के थाहा ? आखिर, “ आशै आशाको र भरोषाको विच, निराशा के हो भनेर ?” 
 
मात्र एक रात साउनको वर्खे झरिमा झिजेर हेर । एक साझ चुलोमा आगो नवाल र एक पटक पुष माघको सिरीटोमा मुटु कमाई ओठ मुख निलो पारि कक्रिएर देखाउ अनि थाहा हुन्छ गरीवी को दुःखाई कस्तो हुन्छ भनेर । सुत्केरी को भोको पेट, विना औषधि नवजात, वालक वृद्ध र असक्तहरुको अकाल मृत्युवरण सक्छौ तिमी हेर्न ? वावुले कमायर ल्याउला अनि खाउला भनि अगेनाको वरपर झुम्मियर भोक भोकै कुर्दा कुर्दै झुपुक्क झप्कायका केटा केटिको आखाँमा हेर आश कस्तो हुन्छ भनेर । 
 
दुध चुस्दै गरेको नावालक आफ्नो मुटुको टुक्रालाई चटक्क छोडेर विदेशी घर मालिक संग नचाहदा नचाहदै सतित्व लुटाउन पुगेकि एउटी चेलीको, एउटी आमाको जीवन हेर वाध्यता र मजवुरी कस्तो हुन्छ भनेर । तोते वोलि वोल्दै गरेका छोरा छोरी, मायालु प्यारी पत्निको प्रेमको न्यानो स्पर्श, वुढावुढि आमा वावुको काख, दिदीवहिनीको माया र दाजुभाई संगको खुशी छोडेर परदेश होमिएको एक नवयुवकको पिडा सक्छौ सहन ? आफ्नो श्रीमान कहिले आउँला र यौवनको भारी विसाउला भनि औला भाचि रहेकि नवयौवना विहेको एक महिना पनि नवित्दै छुट्टियर गएको पति एकाएक वाकसमा वन्द भएर आउँदाको क्षण सक्छौ तिमिहरु महशुस गर्न । अह सक्दैनौ, कदापि सक्दैनौ । यदि महशुस गर्ने, सोच्ने सम्झने तिमीहरु हुदो हौ त यी वाहियातका सपना जनता संग वाडने थिएनौ । तिम्रो सपनाले हाम्रो पेट भरिदैन, चुहिएको छाना टालिदैन । फेरि तिमी भन्छौ नेपाल समृद्ध वनाउछु त्यो पनि छुमन्तर को शैलिमा ।
 
हामीलाई चुच्चे रेल चाहिएको छैन नेपाली झण्डा फहराउने पानी जहाज, हावामा उडने एम्वुलेन्स अनि नेपालीको धज्जी उडाउने तिम्रो उखान टुक्के गफ । तिमी र हामीमा यहि नै फरक छ, “तिमी वोलिमै, सपनामै सवै गर्छो । हामी हाम्रो वास्तविकता र नियतीमा पिल्सी रहन्छौ ।” 
 
हाम्रो चुलोमा ग्यासका पाइप चाहिदैन दाउरै वालुला, आखिर प्राण धान्नि न हो खोले, फाडो र सिस्नोमा नै रमाउँला । पसिना वगाइ दश नंग्रा खियाई आफ्नै थलोमा रमाउँला । सक्छौ भने गरि खाने वातावरण मिलाइ देउ । हामी हात वढाउछौ अलिकति साथ देउ । 
 
प्रकृतिले सवै थोक दिएकै छ । शिक्षा, स्वास्थ, वेरोजगारी, गरीवी, वाटोघाटो, अस्पताल, कुल कुलेसा, पुल, स्कुल मठ मन्दिर, पाटि पौवा र कलकारखाना मर्मत, निर्माण र पुनःनिर्माण गरिदेउ । स्वदेशी सम्भावनाहरु खोजिगर । धर्मभेद, लिङ्गभेद अनि रंगभेदको नाटक रचेर देश टुक्राई विदेशीको गुलामी गर्न छाडिदेउ । 
 
जनता उच्चाल्न छोड । हामी हरवखत मिहनेत गर्न तयार छौ । आश नदेखाउ, सपना नदेखाउ वास्तविकतामा रमाउन सिक । वोलिमा हैन, ओलिमा हैन विपनामै कर्म गर्न थाल्लौ । घाटि हेरी हाड निल्लौ । “आखिर गाडि चडि भिख माग्नुको मज्जा नै कहाँ छ र ।” पहिला खालि पेट भरौ, ओत लाग्ने झुपडि वनाउ, रगत र पसिनाले आफ्नो भूमिको माटो उर्वर पारी चुच्चे रेल र जहाज चडौ । विदेशीको सिको हैन आफ्नो आवश्यकतालाई ध्यान दिऔ । यति गर्न पनि सक्दैनौ र अरुलाई गर्न दिदैनौ भने नेपालीका देशद्रोही नेताहरु हो, “डाडुमा पानी तताई मर ।”