मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

नेपाली समाज टेक्ससमा उम्मेदवारी दर्ता र केही पदमा निर्बिरोध चयन

नेपाली समाज टेक्ससमा उम्मेदवारी दर्ता र केही पदमा निर्बिरोध चयन


हिमालय खबर संबाददाता I १३ डिसेम्वर २०१५, अमेरिका, टेक्सस।
 नेपाली समाज टेक्ससले आगमी दुई बर्षको लागि १५ सदस्यीय समितिका लागि बिभिन्न पदहरुमा मनोनयन दर्ताको कार्य सम्पन्न गरेको छ । निर्वाचन समितका सदस्य डा प्रेम अधिकारीका अनुसार डेपुटी जनरल सेक्रेटरी, डेपुटी कोषाध्यक्ष, आई.टी. कोअर्डिनेटर, महिला कोअर्डिनेटर र यूवा तथा विधार्थी कोअर्डिनेटरमा क्रमस: सुमन कार्की, सुमन थापा, बिदुर श्रेष्ठ, निर्मला बादेश्रेष्ठ र जुबिन राजभण्डारी निर्विरोध निर्वाचित भएका छन भने अन्य पदहरुमा भने एक भन्दा बढि उम्मेदवारको आवेदन दर्ता भएकोले निर्वाचन हुने पक्का पक्कि छ ।
 
निर्वाचन समितिका अनुसार अध्यक्ष पदमा विजय भट्टराई र कृष्ण लामिछाने, उपाध्यक्ष पदमा चन्द्रमणी पाण्डे र कमल सापकोटा, सचिव पदमा भानु खरेल र कमल सत्याल, कोषाध्यक्ष पदमा दिवास थापा र कपिल अधिकारी लगायत ६ सदस्यीय कार्यकारी सदस्य पदमा १५ जनाले उम्मेदवारी दर्ता गरेका छन ।  कार्यकारी सदस्यमा उम्मेदवारी क्रमस: अमरनाथ साह, अम्रित तिम्सिना, बिनोद बिष्ट, गोपाल प्याकुरेल, हरिकृष्ण राज बिष्ट, कन्चन शर्मा, प्रनय मान श्रेष्ठ, प्रेम प्र. पाठक, सन्जिव पराजुली शर्मा, सन्तोश बिष्ट, सत्य थापा, सुदिप जे. ढुङ्गाना, सुरज पौड्याल, सुस्मा चापागाई, उज्ज्वल सिंहले मनोनयन दर्ता गरेका छन ।  
 
निर्वाचन समितिका पदाधिकारीका अनुसार उम्मेदवारी दिएका पदाधिकारीहरुले भोली डिसेम्बर १४ तारिख बेलुका ६:०० बजे सम्ममा उम्मेदवारी फिर्ता गर्ने समय सीमा तोकेकोछ भने अन्तिम नामावली प्रकाशन डिसेम्वर १५ तारिख बेलुका ६:०० बजेलाई कायम गरेको छ । निर्वाचन कार्यतालिका अनुसार डिसेम्बर २० तारिख, २०१५ को बिहान ९:०० बजे देखि बेलुका ५:०० बजे सम्म सबै सदस्यहरुले निर्वाचनमा भाग लिन पाउने प्रवधान रहेकोछ । 
 
नेपाली संस्कृती, भाषा र कलाको विकासको लागि टेक्ससमा वसोवास गरेका नेपालीहरु विच भाईचारा बिकास गर्न लक्षित यो संगठन नेपालीहरुको एक साझा सहयोगी केन्द्र हो । सामाजिक कार्य एवम् नेपाली दाजुभाई दिदीबहिनी विचको गहिरो नाताका रुपमा विकसित यो संस्थामा हाल ड्यालसलाई केन्द्रमा राखि आफ्ना गतिविधि संचालन गरिरहेको छ । नामले पुरै टेक्ससलाई समेटेको यो संस्था, ड्यालासमा मात्र संकुचन हुन पुगेको एकातिर छ भने अर्को तर्फ सामाजीक कर्मको साझा थलो भनि चिनिएको संस्थाले राजनैतीक रुपको चुनावी रंग छ्याप्दा यसमा आवध्द सदस्यहरुलाई नैरास्यता तुल्याएको छ । 
 
नेपाली दाजुभाई दिदीबहिनीहरुका आस्थाका धरोहर पशुपतिनाथ र गौतम बुध्दको मन्दिर परिसरमा स्थापित यो संस्था, नेपाली समाजको हकहित र धर्म-संस्कारको उत्थानमा समर्पित भै शुध्द रुपले मन, वचन र कर्मले सेवा गर्नु पर्छ भन्ने आमसमुदायको चाहना हो । जसकालागि समाज प्रति समर्पित गैरराजनैतिक पृष्ठभुमीको नेतृत्वको समाजको माग हो । तर अहिको चुनावी महोललाई हेर्दा राजनैतिक परिवेशको छाँया उम्मेदवारमा प्रष्ठ देखिँदा संस्थाको विकास एवम् साझा थलोको रुपमा विकसित गर्न थप चुनौती हुन जाने प्रति सर्वसाधारण चिन्तित देखिन्छन् ।

 

Advertisement
ADVERTISEMENT

शेयर गर्नुहोस:

0
Shares