मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जानी राखे राम्रो    

टिपिएस लिएकाले एडभान्स पेरोल लिएर नेपाल जान हुन्छ कि हुदैन: विनोद रोका, एर्टनी एट ल, न्यूर्योक

टिपिएस लिएकाले एडभान्स पेरोल लिएर नेपाल जान हुन्छ कि हुदैन: विनोद रोका, एर्टनी एट ल, न्यूर्योक


टिपिएसको आधारमा अमेरीकामा डिसेम्बर २४, २०१६ सम्म बस्न, काम गर्न र नेपाल गएर फर्किएर आऊन पाऊने एडभान्स पेरोलको कागज पाईसकेका मेरा एकजना क्लाईन्टले फोनमा भन्नुभो, विनोदजी म संगै काम गर्ने होण्डोरसको साथी म जस्तै ओभरस्टे भएको अवस्था टिपिएसमा एडभान्सपेरोल लिएर आफनो देश गै फेरी फर्किएर आएको रहेछ। फर्किएर आऊदा पोर्टअफ ईन्ट्र्ीमा सजीलैसंग अमेरीका आऊन दिईएछ। त्यसैले तपाईले भने मmै अमेरीकामा १ बर्ष भन्दा बढी ओभरस्टे भएका म जस्ता व्यक्तिलाई अमेरीका भन्दा बाहिर गै फेरी फर्किर आऊदा १० बर्षसम्म आऊन नपाऊने प्रतिवन्ध लाग्ने कानुनी व्यवस्था हुदा सिबिपी अधिकारीहरुले अमेरीकाको पोर्टअफ ईन्ट्र्ीमा रोक्न सक्छन भरसक नेपाल नजानु भन्ने सल्लाह दिनु भएता पनि त्यस्तो होला जस्तो लागेन। त्यसैले म केही पछि नेपाल जान्छुहोला भन्नुभो। मैले वहालाई भने जानुभन्दा अगाडी एक पटक मुख देखाएर जानुहोला फेरी अमेरीकामा भेटिएला कि नभेटिएला। वहाले भन्नुभो गएर आएपछि देखाऊन आऊलानी, होण्डोरशका मान्छेहरु त आएकै रहेछन हामी नेपालीलाई पनि कहा रोक्ला र?Temporary Protected Status (TPS) भन्नाले अमेरीकी राष्ट्र्पती वा अमेरीकी सरकारका एर्टनी जनरलबाट प्रत्याभृत अधिकारको प्रयोग गरी अद्यागमन विभागका सचिवले अमेरीकामा जुन २४, २०१५ सम्ममा आई त्यस समयदेखि लगातार रुपबाट अमेरीकामा बसीरहेका नेपालका नागरिक वा राष्ट्र्यिता गुमाई नेपालमा अन्तीम थलो बनाई बसोबास गरेका व्यक्तिहरु तत्कालका लागि नेपालमा अप्रिल २५, २०१५ र त्यसपछि आएको भुईचालो अर्थात प्राकृतीक प्रकोपको कारणले फर्केर जादा असृरक्षित हुन्छ भनेर दिइएको अस्थायी सृविधा हो। 
 
नेपाल सरकारले समेत यो सुविधाको लागि अनुरोध गरेको हुदा अमेरीकी सरकारले नेपाललाई असृरक्षित देशको सृचिमा राखेको छ। यो सृविधा दिनका लागि अद्यागमन बिभागको सचिवलाई अमेरीकी अद्यागमन कानृनको दफा २४४ ले अधिकार प्रदान गरेको छ। यद्यपि यो सृविधा दिने सृचिमा कृनै पनि देशलाई राख्नृभन्दा अगाडी सचिवले अमेरीकी सरकारका अन्य निकायहरु संग परामर्स गर्दछन। 
 
टीपिएसको आधारमा अद्यागमन विभागले प्राय तीन महिनाको म्याद राखेर एडभान्सपोरोल दिएको देखिन्छ अहिलेसम्मको अनुभवमा। यसरी दिएको एडभान्सपेरोलको कागजमा अद्यागमन विभागले स्पष्ट रुपमा उल्लेख गरेको छ कि फर्किएर आऊदा खेरी व्यक्तिले प्रचलित कानुनले तोकेको अमेरीकामा प्रवेश गर्न नपाऊने खालको प्रतिवन्ध लागेको छ कि छैन भन्ने बिषयको जाचपास पोर्टअफ ईन्ट्र्ीमा सिविपीका अधिकारी समक्ष गर्नुपर्दछ। अर्थात त्यस्ता व्यक्तिले अमेरीकामा प्रवेश गर्न नपाऊने खालका कुनै कानुनको ऊल्लंघन गरेको रेकर्डबाट देखिएमा अमेरीकामा प्रवेश गर्न नदिन सक्दछन। यसरी प्रतिवन्ध लाग्ने बिषय भनेको अमेरीकामा कानुनी तथा गैरकानुनी रुपबाट आई ६ महिना देखि १ बर्षसम्म ओभेर स्टे भएका व्यक्तिहरु यो देशमा ३ बर्षसम्म प्रवेश गर्न पाऊदैनन भने १ बर्षदेखि बढी ओभरस्टे भएका व्यक्तिहरुले १० बर्षसम्म हार्डसिपको आधारमा वेभर पाएनन भने प्रवेश गर्न अयोग्य मानिन्छन। 
 
यस्का अतिरिक्त तोकिएका अन्य बिज्याई र अपराधिक गतिविधिहरु गरेको जानकारी रेर्कडबाट देखियो भने पनि प्रवेश गर्न नपाऊने प्रतिवन्ध लाग्दछ। माथी लेखिए बमोजिम अमेरीकामा ओभरस्टे भै टिपिएस पाएका होण्डोरश एवं हाईटी जस्ता देशहरुका व्यक्तिहरुको यो सुविधाका लागि सेवा प्रदान गर्ने अद्यागमन कानुनका १४ हजार भन्दा बढी वकिलहरु सदस्यरहेको अमेरीकी अद्यागमन कानुन व्यवसायी संघका केही सदस्यहरुको अनुभव हेर्दा उनीहरुले पनि ओभरस्टे भएका आफना पक्षहरुलाई एडभान्स पेरोल लिएर आफनो देशमा नजाने सल्लाह दिएका र नजाने सल्लाह दिदा दिदै पनि आफना देशमा जान चाहाने पक्षहरुलाई जानुभन्दा अगाडी एक पटक मुख देखाएर मात्र जाऊ जानेनै भए पनि भनिएका, ओभरस्टे भएका र अद्यागमन अदालतबाट देश निष्कासनको फैसला भै कार्यान्वयन नभएका कारणले यही बसी रहेका विदेशीहरु फेरी फर्किएका घटनाहरु उल्लेख गरेको पाईन्छ। 
 
यसरी फर्र्र्किएर आएका व्यक्तिहरुको स्टाटस भने पेरोली हुने गरेको उनीहरुको भनाईछ। बोडरक्रश गरेर आई ओभरस्टे भएका विदेशहरु पेरोलीको आधारमा जाचपास भएर आएपछि अमेरीकी नागरिकसंग विवाह गरी ग्रिनकार्ड लिन सक्षम भएको उदाहारण पनि दिने गर्दछन। अमेरीकाको छैठौ सर्किटकोर्ट अर्थात केण्टोकी, ओहाईयो, टेनिसी आदि, को क्षेत्राधिकार भित्र बस्ने बोर्डरक्रश गरेर आएका टिपिएस पाऊने देशका सुचीमा परेका विदेशीहरुले त एडभान्सपेरोल लिएर आफनो देश नगैकन यहि ईन्सपेक्सन भएको मान्यता पाई अमेरीकी नागरिकसंग विवाह गरेर ग्रिनकार्ड समेत पाएको अवस्था पनि छ। एडभान्सपेरोलको आधारमा फेरी अमेरीकामा पेरोलीको हैसियतले प्रवेश पाएको अवस्थामा माथि लेखिए बमोजिमका फाईदाहरु पनि देखिन्छन। तथापि आऊन नपाऊने भनि प्रतिवन्ध लागेको विदेशीहरुले एडभान्सपेरोल लिएर गएपछि फेरी फर्किएर आऊदा ओभरस्टे लगायतका अन्य कतिपय तत्काल नदेखिएका कारणले गर्दा पोर्टअफ ईन्ट्र्ीमा कार्यरत अमेरीकी सीबिपिका अधिकारीहरुले प्रवेश गर्न नदिन सक्ने पनि कानुनी प्रावधान रहेको हुदा मैले पनि अरुले मmै ओभरस्टे र अन्य कतिपय नदेखिएका कारणले अमेरीकामा प्रवेशाज्ञा नपाऊने सम्भावना रहेका आफना पक्षहरुलाई एडभान्स पेरोलका आधारमा नेपाल नजानु राम्रो हुने सल्लाह दिने गरेको छु।
 
 (बिनोद रोका, न्यूर्याेक राज्यको उच्च न्यायालय, अपिलाट डिभिजनको दोश्रो न्याय विभागमा एर्टनी एट ल को रुपमा मान्यता प्राप्त वकिल र अमेरीकी ईमिग्रेशन बार एशोसियसन एवं न्यूर्योक ईमिग्रेशन बार एशोसियसनका सदस्य। हाम्रो कानुनी सेवा प्रति यहाको ध्यानाकर्षण रहोस भन्ने ध्येय यहा राखिएको छ। तपाइहरुलाई अगाडीको जस्तैैै सफलता दिलाऊने हाम्रो प्रयास रहनेछ यद्यपि सफलताको ग्यारेण्टी भने हाम्रो हातमा छैन। यहालाई यो लेखमा चर्चा गरिएको विषयमा सामान्य जानकारी गराउने सम्मको ध्येय राखिएको छ। तसर्थ निश्चित सेवाको लागि वकिल मुकरर नगरेसम्म हामीमा पक्ष र वकिलको सम्वन्ध कायम रहने छैन। कानुनले दिएको सुविधा प्राप्तीका लागि निवेदन गर्नुपर्दा इजाजत प्राप्त सम्वन्धित विषयका वकिलको सल्लाह लिई गर्नु उचित हुन्छ। तपाईको अमेरीकी अद्यागमन र न्यूर्योक राज्यको कानुन सम्वन्धि कुनै समस्या भए कानुनी सल्लाहको लागि रोकालाई वहाको कार्यालयको फोन ७१८ ६०६ ९७३३ वा [email protected]/ www.binodlaw.com मा सम्पर्क राख्न सक्नुहुने छ। )