मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जानी राखे राम्रो    

अध्ययनले पुष्टि गर्यो, तन बुढो भएपनि मन बुढो हुँदैन !

अध्ययनले पुष्टि गर्यो, तन बुढो भएपनि मन बुढो हुँदैन !


 
पाका उमेरका जोडी यौनकार्यमा सरिक भएको कुरा सोच्दा पनि दिमागमा विभिन्न तर्क विर्तक आउँछन् होला । यस्तो बुढेसकालमा पनि सेक्स गर्लान र ? भन्ने पनि मनमा लाग्ला । हिँडडुल गर्न मुश्किल पर्ने उमेरमा पनि यौनकार्यमा सक्रिय रहेको सोधले देखाएपछि धेरैलाई ताज्जुब लागेको छ ।
 
 ‘तन बुढो भएपनि मन बुढो हुँदैन’ भन्ने नेपाली उखान छ नि हो त्यस्तै ७० वर्ष पुगेका जोडीहरु महिनामा दुईपल्ट यौनकार्यमा सरिक भएको अनुसन्धानमा देखिएको छ । तथापी यो सबै बृद्धबद्धामा लागू नहुन सक्छ । किनकी स्वास्थ्य अवस्था, हर्मन, जोडिको चाहना र प्राप्यतामा पनि भर पर्छ । त्यतिमात्र होइन बृद्धबृद्धामा यौन सम्र्पकबाट सर्ने रोग र त्यसका बिरामी, गुप्तांगमा समस्या बढ्ने गरेको तथ्य फेला परेको छ ।
 
विशेष गरी सन् २००९ देखि २०१३ को अवधिमा यस्ता रोगमा बृद्धि भएको पाइएको हो । सोही तथ्यांकलाई मध्यनजर राख्दै दी कन्र्भसेसनमा एक लेख लेख्दै युनिर्भसिटी अफ शेफिल्डका डा. शारोन हिन्चक्लिफ प्रौढ तथा बृद्धाका बारेमा जोकोही खुलेर यौनसम्बन्धी छलफल गर्नुपर्ने बताउँछिन् ।
आनन्दका लागि हस्तमैथुन र सम्भोगदेखि एसटीआई, उत्तेजित नहुने अवस्था र योनीको सुख्खापनका विषयमा जीवनको उत्तरार्ध विशेष गरी बुढेसकालमा छलफल गर्नु महत्वपूर्ण भएको उनी बताउँछिन् ।
 
त्यसो त ५० वर्ष काटेका मानिसहरु सम्भोग गरेको तस्बिर बिरलै देखिन्छ । न त त्यति माग नै हुन्छ । सेवानिबृत्ति मानिसहरुको आउँदै गरेको वार्षिक अवसर पारेर ४५ वर्षमा गरेका यौन दृश्यमा आधारित यौनसम्बन्धी दुर्लभ दृश्यसहितको एक चलचित्र पनि यहाँ सान्र्दर्भिक हुन सक्छ । सो चलचित्र हालै बेलायतमा सार्वजनिक भएको थियो ।
 
चलचित्र र अन्य केही अध्ययनअनुसार ७०, ८० को दशक र त्यो भन्दा बढी उमेर काटेका बृद्धबृद्धाको ठूलै संख्या नियमित यौन कार्य गरेको पाइन्छ । हालैको एक अध्ययन अनुसार ७० वर्ष पुगेका एक तिहाई मानिस महिनामा दुई पटक नियमित यौन सम्पर्क गरेको बताए ।
 
तसर्थ हामीले यौनका बारेमा किन संकुचित दृष्टिकोण वा खुलेर छलफल नगर्ने ? यसै वर्ष प्रकाशित एक अध्ययन प्रतिबेदन अनुसार आफ्ना जोडी भएका मानिसहरुको जीवन अत्यन्त उच्च भएको पाइयो । जसको एउटै कारण थियो यौन कार्यमा दुबैको सहभागीता, तथापी केही अध्ययनहरुले सामाजिक सम्बन्धलाई पनि उत्तिकै जोड दिएका छन् ।
डेलीमेलका अनुसार पचास वर्ष माथिका मानिसहरुको यौन जीवनको बारेमा गरिएको अध्ययनमा आफूहरु अझै पनि यौनमा लिप्त रहेकाहरुले आफ्नो जीवनलाई निकै महत्व र उच्च मुल्यांकन गर्ने गरेको पाइयो । यौन सक्रियताकै कारण उनीहरुको जीवन निकै रमाईलो भएको पाईयो भने एकल जोडिमा केही निरसता देखियो ।
 
कतिपय महिलाहरुमा उमेरले नेटो काट्दै जाँदा सम्भोगमा झनै आनन्दित भएको पाइयो । किनकी गर्भवती नहुने सम्भावनाले पनि उनीहरु खुलेर मस्त सम्भोग गरेको बताए । तर, यौनको बारेमा कुरा गरिरहँदा बृद्धबद्धामा यौनजन्य समस्या र रोगहरु देखियो । किनकी यसअघि बेलायतमा एसटीआई र अनावश्यक गर्भवती हुनबाट बच्न युवा युवतीहरुलाई विशेष कार्यक्रम लक्षित गरिए पनि पछिल्लो समयमा भने एसटीआईबाट बृद्धबृद्धा समस्यामा परेको दखियो । 
जसका कारण बेलायतमा बृद्धबृद्धालाई लक्षित गरी यौनसम्बन्धी सचेतनमुलक कार्यक्रम सञ्चालन गरिन थालिएका छन् । बेलायतको सेक्सुअल हेल्थ विकले बृद्धबृद्धामा यौन आनन्दलाई लक्षित गरी कार्यक्रम नै अयोजना गरेको छ । – एजेन्सी