मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यो कथा होइन   

अब अन्तरीक्षयात्रीहरुलाई आफ्नै दिसा खुवाइने

अब अन्तरीक्षयात्रीहरुलाई आफ्नै दिसा खुवाइने


सुन्दैमा घिनलाग्दो । दुनियाका सामान्य मानिस जान नसक्ने ठाउँ अर्थात् अन्तरीक्षमा पुगेका वरिष्ठ मानिसहरुलाई झन राम्रोराम्रो खानेकुरा खान दिनुपर्ने होइन र भन्या ? तर अमेरिकी अन्तरीक्ष संस्था नासाले भने अन्तरीक्षयात्रीहरुलाई आफ्नै गुहु खुवाउने योजना बनाएको छ ।
 
यद्यपि तात्ताको आची कपाकप पार्नुपर्ने चाहीँ होइन है । नासाले अन्तरीक्षयात्रीहरुले गरेको दिसालाई पुनचक्रण गरेर उनीहरुलाई नै खुवाउने योजना बनाएको हो ।
 
अन्तरीक्षयात्रीहरुलाई आफ्नै दिसा खुवाउने परियोजनाका लागि नासाले शोधकर्ताहरुलाई वित्तिय सहायता प्रदान गरेको छ । अब शोधकर्ताहरुले मानिसको दिसालाई पुनचक्रण गरेर कसरी खान मिल्ने पदार्थमा परिणत गर्न सकिन्छ भन्ने विधिको अनुसन्धान गर्नेछन् ।
 
यदि यो खोजले सफलता पायो भने अन्तरीक्षयात्रीलाई लामो समयसम्म अन्तरीक्षमा बस्दा समेत खानेकुराको कमी हुनेछैन र पृथ्वीबाट तयारी खाना बोकिरहनुपर्ने झण्झट पनि कम हुनेछ ।
 
नासाले आफ्नो विज्ञप्तीमा जनाए अनुसार दक्षिण क्यारोलिनाको क्लेम्सन विश्वविद्यालयका शोधकर्ताहरुलाई यस शोधका लागि तिन वर्षसम्म प्रतिवर्ष २ लाख डलर प्रदान गरिनेछ ।
 
यो अनुदान अमेरिकाका पूरै विश्वविद्यालयलाई दिइने अनुदानको १५ प्रतिशत भन्दा बढि रहेको नासाको भनाई छ ।
स्मरण रहोस् नासाले सन् २०३० सम्ममा मंगल ग्रहमा मानिस पठाउने योजना बनाएको छ । यसरी लामो अन्तरीक्ष अभियानका क्रममा अन्तरीक्षयात्रीलाई खानेकुरामा आत्मनिर्भर बनाउनका लागि नासाले विभिन्न खोज तथा अनुसन्धान गर्दै आएको छ । नासाका अन्तरीक्षयात्रीहरुले अन्तरीक्षमा यसअघि नै सागपात हुर्काइसकेका छन् ।