मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जानी राखे राम्रो    

श्रीमान – श्रीमती सबैले एक पल्ट पढ्नुहोला

श्रीमान – श्रीमती सबैले एक पल्ट पढ्नुहोला


श्रीमान श्रीमति एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतिले भनिछन ।

श्रीमति :

कहाँ जानु भएको थियो ? मैले हजुरको अफिसमा पनि फोन गरी सोधे । हजुर त आज अफिस पनि जानु भएन रे । के हो एस्तो चाला ? अनि यो हातमा भएको झोला कस्तो गनाई रहेको छ । के हो यो ?

श्रीमान:

 म.. म… म आमालाई लिन गएको थिए । आमा अब एही बस्नु हुन्छ । यो झोला आमको हो । एस्मा आमको कपडा हरु छ ।

श्रीमति (रिसले जुर्मुराउदै) :

दिमाग त सही छ हजुरको ? किन आमालाई यहाँ ल्याउन पर्‍यो र ? हजुर कै दाजु भाइले हेरी हाल्छन नि, तेसै माथी हजुरको तलब ले के नै हुन्छ र ? छोरा छोरी लाई पढाउन त गाह्रो भैरहेको अवस्थामा अब यि बुढिलाई कसरी पाल्ने ? सक्दिन म त पाल्न ।

श्रीमान:

तेस्तो न भन, आमाको सेवा गर्नी त हाम्रो धर्म र कर्तब्य हो नि ।

श्रीमति: 

आफै बाच्न धौ धौ परेको बेलामा म त सक्दिन । एती भन्दै श्रीमतिले श्रीमानको हात बाट झोला खोसेर बाहिर लगेर फालिदिन्छे । अनि एसो बाहिर हेर्दा त आफ्नै आमा पो रहेछ । अनि हत्तनपत्त झोला उठाउदै आमालाई लिएर भित्र आउछे र श्रीमान लाई भन्छे…

…अगिनै भन्न पर्दैन ? मेरो आमा हो भनेर ।

श्रीमान:

तिमीले मलाई बोल्नी मौका का दियौ र ? एकोहोरो आफु मात्र बोलेको बोलै । तिम्रो दाई र भाउजुले तिम्रो आमालाई घर बाट निकाली दिएका रहेछन । अनि मैले थाहा पाएर म अफिस न गै कन आमालाई लिन गएको थिए ।

श्रीमति (मुस्कुराउदै)

कती जाती र बुझ्नि हुनु हुन्छ है मेरो प्यारो बुढो । (एती भन्दै उ आमालाई लिएर भित्र कोठामा जान्छे)

(एस्तै छ सन्सार, भनिन्छ घर बनाउनु र भत्काउनुमा आईमाइको ठुलो हात हुन्छ । जुन घरमा नारी समझदार, दयालु र बुद्धिमानी हुन्छे । त्यो घर आफैमा स्वोर्ग हो । सबैले बुझ्न जरुरी छ)

– ज्योतिष आनन्द सुबेदी