मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यो कथा होइन   

आफै भाँडा माझ्छन् बिल गेट्स ; बिल गेट्स अश्लील बोल्नका लागि माहिर छन्

आफै भाँडा माझ्छन् बिल गेट्स ; बिल गेट्स अश्लील बोल्नका लागि माहिर छन्


विश्वका सबैभन्दा धनी व्यक्ति बिल गेट्स धेरैका लागि कथा, किम्वदन्ती तथा कल्पनाका पात्र समेत हुन् । 
जिवनमा उद्यम गर्ने तथा मनग्गे धन कमाउन चाहने युवाहरुका लागि प्रेरणाका श्रोत पनि हुन् भन्दा फरक नपर्ला । 
 
२० वर्षको उमेरमा स्थापना गरेको एउटा कम्पनीकै माध्यमबाट विश्वको सबैभन्दा धनी व्यक्ति बन्न सफल बिल गेट्सका विषयमा धेरै कुराहरु हामीलाई थाहा नहुन सक्छ । अझ उनको बारेका केही कुराहरु त यस्ता रोचक तथा अनौठा छन् जसबारेमा धेरैलाई थाहै छैन ।
 
 बिल गेट्स बारेमा ९ रोचक तथ्य यस्ता छन् ;
 
बिल गेट्स रंकबाट राजा बनेका होइनन् । अर्थात् उनी सडकबाट उठेर एकाएक विश्वका सबैभन्दा धनी व्यक्ति बनेका होइनन् । उनी धनी परिवारकै सन्तान हुन् । उनका बुवा चर्चित वकिल थिए । उनका जिजुबुवाले एक बैंक खोलेका थिए जुन पछि उनका हजुरबुवाले चलाए । बिल गेट्स बच्चै छँदा उनका हजुरबुवाले बिल गेट्सको नाममा दशौँ लाख डलरको कोष स्थापना गरिदिएका थिए ।
 
बिल गेट्सको एउटा अनौठो बानी छ, जुन धेरै धनाढ्य तथा ठूलाबडाको रोजाइमा नपर्न सक्छ । बिल गेट्स आफुले खाना खाएका थाल तथा अन्य भाँडाहरु आफै माझ्न मन पराउँछन् र हरेक बेलुकी खाना खाएपछि सकेसम्म भाँडाकुँडा आफै माझ्ने गर्छन् । ‘हुनत अरु मानिसले भाडा माझ्न सहयोग गर्न चाहन्छन् तर मलाई आफै माझ्न मन पर्छ’, उनी भन्छन् ।
 
बिल गेट्सको निजि हवाइ जहाज निकै ठूलो छ र यसको उडान खर्च तथा मर्मत सम्भारमा ठूलै खर्च लाग्छ । त्यसैले बिल गेट्सले आफ्नो निजि जहाजलाई आफ्नो पश्चातापयुक्त मज्जा तथा आफ्नो पैसा उडाउने माध्यम भएको बताउँछन् ।
 
बिल गेट्स अश्लील बोल्नका लागि माहिर छन् । माइक्रोसफ्टमा काम गर्दा ताकाका उनका साथीहरु बिल गेट्सको यो बानी व्यहोरा अहिले पनि सम्भिmन्छन् । उनले बैठकका बेला मात्र होइन इमेल सम्वादमा पनि प्रसस्तै फोहोर शव्दहरु समावेश गर्दथे । तर ती अश्लील कुराहरु कुनै व्यक्तिप्रति लक्षित भने हुँदैनथे । उनी कहिलेकाहीँ निकै कठोर तथा अश्लील बन्ने गरेपनि व्यक्तिगत आक्रमणमा भने नउत्रिने गरेको उनका सहकर्मीहरुको अनुभव छ ।
 
गाडी चलाउने मामिलामा बिल गेट्स निकै बेहोसी थिए । युवा अवस्थामा उनले निकै तिव्र गतिमा बेहोसी पाराले गाडी कुदाउँथे र धेरै पटक ट्राफिक पुलिसको कारवाहीमा पनि परेका थिए र पटक पटक गाडी दुर्घटना पनि गराए । धेरै पटक ट्राफिकको कानूनी लफडामा परेपछि उनले ट्राफिक वकिल नै राख्नुपरेको थियो । उनले एकपटक कर्मचारीको पार्किङ गरेको गाडिमा आफ्नो गाडी लगेर ठोक्काए अनि कर्मचारीको बिगि्रएको गाडी मर्मत खर्चका लागि आफुलाई सम्पर्क गर्न भन्दै त्यहाँ आफ्नो बिजनेस कार्ड छाडेर गए । अरुको गाडी फोरिदिने अनि मर्मत खर्चको बिल भुक्तानीका लागि मलाई सम्पर्क गर भन्दै कार्ड दिने बिल गेट्सको बानीका कारण कुनैबेला अमेरिकाको सिएटलमा एउटा भनाइ प्रचलनमा थियो । त्यो हो, ‘बिललाई बिल पठाउ ।’
 
बिल गेट्स निकै हँसिमजाक गर्ने व्यक्ति हुन् । उनमा सेन्स अफ ह्युमर निकै धेरै छ । उनले निकै हँसाउने खालका जोक भन्ने गर्छन् । एकपटक उनले यु ट्युबमा राखेको जोकको भिडियो निकै चर्चित बनेको थियो । त्यस्तै गतवर्ष उनले जिम्मी फ्यालोनसँग मिलेर बनाएको अर्को जोक भिडियो पनि भाइरल बन्यो । उनले आफ्नो व्यक्तिगत ब्लगमा समेत त्यो भिडियोको लिंक दिने गरेका छन् ।
 
धनाढ्य बिल गेट्सले आफ्नो जिवनकालभरमा १ खर्ब डलर कल्याणकारी कामका लागि दान गर्ने प्रण गरेका छन् । बिलले आफ्नी श्रीमतीसँग मिलेर खोलेको संस्थाबाट मात्र उनले दान गरेका छै्रनन् । उनले विभिन्न कल्याणकारी परियोजनालाई व्यक्तिगत रुपमा पनि सहयोग गर्ने गरेका छन् । पिछडिएका समुदायका लागि स्वच्छ उर्जा कार्यक्रममा उनले ठूलो लगानी गरेका छन् । बिल गेट्सले वर्षेनी अबौँ डलर दान गरिरहेका छन् तर यसबाट उनको सम्पत्ति घटेको छैन, झनै बढिरहेको छ । किनकी उनको व्यवसाय झनै चम्किँदै छ ।
बिल गेट्सको कमाइको मुख्य श्रोत अब माइक्रोसफ्ट मात्र रहेन । उनले पछिल्लो समयमा माइक्रोसफ्टमा रहेको आफ्नो शेयर लगातार बेचिरहेका छन् र अन्य व्यवसायमा लगानी गरिरहेका छन् । गेट्सको लगानीको प्रमुख गोप्य हतियार उनका बिजनेस म्यानेजर मिचेल लार्सन हुन् ।
 
बिल गेट्स अहिले माइक्रोसफ्टका सबैभन्दा ठूलो शेयरधनी होइनन् । उनले हरेक महिना माइक्रोसफ्टको शेयर बेचिरहेका छन् । सन् २०१४ मै बिल गेट्सलाई उछिनेर स्टीभ बाल्मर आधिकारिक रुपमा माइक्रोसफ्टको सबैभन्दा ठूलो शेयरधनी बनेका छन् ।