मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

टेक्सासको ड्यालसमा बरिष्ठ अधिवक्ता खगेन्द्र क्षेत्रीसंग टिपीएस सम्बन्धी अन्तरक्रिया कार्यक्रम हुने !

टेक्सासको ड्यालसमा बरिष्ठ अधिवक्ता खगेन्द्र क्षेत्रीसंग टिपीएस सम्बन्धी अन्तरक्रिया कार्यक्रम हुने !


हिमालय खबर टेक्सास I टेक्सासको ड्यालस क्षेत्रमा रहेका नेपालीहरुलाई प्रत्यक्ष सेवा दिने उद्धेश्यले बरिष्ठ अधिवक्ता खगेन्द्र क्षेत्रीसंग टिपीएस सम्बन्धी जानकारी मुलक कार्यक्रम हुने भएको छ । एनआरएन टेक्सास च्याप्टरको पहलमा स्थानिय बिभिन्न संस्थाहरुको सहकार्यमा हुन लागेको कार्यक्रममा बरिष्ठ अधिवक्ता क्षेत्रीले टिपीएस सम्बन्धी जानकारी दिनुका साथै फारम भर्ने ब्यवस्था समेत रहेको जनाइएको छ । नेपालमा आएको महाभुकम्प पश्चात अमेरिकामा रहेका कागज बिहिन नेपालीहरुलाई अमेरिकन सरकारले टिपीएस प्रदान गरे पश्चात नेपाली समुदायमा यस सम्बन्धी कानुनि परामर्श र सेवा आवश्यक परेकोले बरिष्ठ नेपाली अधिवक्तालाई नै ड्यालसमा निम्त्याएको एनआरएन टेक्सास च्याप्टर अध्यक्ष उत्तम लामिछानेले बतानउनुभयो ।
 
 आगामी जुलाई ५, आइतवार  दिउसो ३ बजे देखि टेक्सासको इर्विंग शहरमा रहेको नेपाली सांस्कृतिक तथा अध्यात्मिक केन्द्र (नेपाली मन्दिर) भवनमा   हुन लागेको कार्यक्रममा टेक्सास / ड्यालस वरपरका नेपालीहरुलाई कानुनी सेवा दिन आफुहरु उत्साहि रहेको बरिष्ठ अधिवक्ता क्षेत्रीले हिमालय खबरलाई बताउनुभयो । अमेरिकामा आएर वकालत गर्ने पहिलो नेपाली अविधक्ता समेत रहेका क्षेत्री बिगत २६ बर्ष भन्दा धेरै समय देखि न्यूयोर्कमा रहेर कानुनी सेवा प्रदान गर्दै आउनुभएको छ । 
 
एनआरएन अमेरिकाका उपाध्यक्ष राम सी पोखरेलले यस खालको कार्यक्रम नेपाली सामुदायिकका लागि अत्यन्तै उपयोगी हुने हुदा सबैलाई सहभागी भएर मौकाको फाइदा लिन आग्रह गर्नु भएको छ I 
 
उक्त कार्यक्रमको एनआरएन टेक्सास च्याप्टर सहित  नेपाल अमेरिका पत्रकार संघ (नेजा), नेपाली समाज टेक्सास, नेपाली जनसंपर्क समिती डालस फोर्थ वोर्थ च्याप्टर, नेपाली जनसंपर्क समिती वेष्ट टेक्सास च्याप्टर, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, ड्यालस एभरेष्ट लाइन्स क्लब, पशुपति इन्क,  इन्द्रेनी कल्चरल एसोसिएसन, प्रवासी नेपाली मन्च अमेरिका , नर्थ टेक्सास नेपाली समाज, नेवा:एसोसियसन, HDNP International, UNCON, Blood Donors of America, University of Texas Arlington, Texas A&M University, University of North Texas,  हिमालय खबर डटकमले  संयुक्तरुपमा आयोजना गर्न लागेको हो । 
 
कार्यक्रम अन्तमा Machine Readable Passport (एमआरपी) फर्म समेत वितरण कार्यक्रम  रहेको कुरा एनआरएन अमेरिकाका  कोषाध्यक्ष बेदराज बस्नेतले बतानउनु भयो I  अन्तराष्ट्रिय नियम अनुसार हस्तलिखित पासपोर्ट आउने नोभेम्बर २४, २०१५ वाट उपयोग गर्न सकिदैंन । त्यसैले यस अघिनै हस्तलिखित पासपोर्ट छ भने अवधि नसकिएपनि नविकरण गरिसक्नु पर्ने हुन्छ ।