मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

फेसबुक चलाउन विन्डोज फोनमा गाह्रो हुने

फेसबुक चलाउन विन्डोज फोनमा गाह्रो हुने


फेसबुकले आफ्नो स्मार्टफोन एप्लिकेसनमा केही परिवर्तन गरेको छ, जसका कारण विन्डोज फोनमा अब फेसबुकका कतिपय फिचर्सले काम गर्नेछैनन् ।
 
फेसबुकले पछिल्लोपटक गरेको परिवर्तन विन्डोज फोनका लागि सकारात्मक नरहेको माइक्रोसफ्टले पुष्टि गरेको छ ।
 
यसअघि विन्डोज फोनमा फेसबुक प्रयोग गर्नेहरु माइक्रोसफ्ट आउटलुकमा सिधै जोडिएर एक अर्कोसँग सिंक्रोनाइज्ड हुन सकिन्थ्यो । विन्डोज फोनबाट खिचिएका फोटो वा माइक्रोसफ्टको वन ड्राइभमा राखिएका फोटोहरु समेत फेसफुकमा शेयर गर्न सजिलो हुन्थ्यो । तर फेसबुकमा भएको परिवर्तन सँगै अब विन्डोज फोन प्रयोगकर्ताले यी सुविधाहरु उपभोग गर्न पाउनेछैनन् ।
 
क्यालेन्डर, फोटो, वनड्राइन, आउटलुक, कन्टेक्स्ट, मूभी मेकर जस्ता फिचरका साथै विन्डोज फोन सेभेन, विन्डोज फोन ८ तथा ८.१ मा फेसबुक प्रयोगमा समस्या देखिने बताइएको छ ।
 
विन्डोज फोनमार्फत फेसबुकमा फोटो शेयर गर्ने तथा क्यालेन्डर अपडेट गर्नमा कठिनाइ उत्पन्न हुनेछ ।
कार्यालयको कामका लागि विन्डोज फोन प्रयोग गरिरहेकाहरुले पनि कठिनाइ बेहोर्नुपर्नेछ, किनकी अफिस ३६५ आउटलुक वेब एपले पनि काम गर्नेछैन ।
 
स्मरण रहोस् विश्वमा स्मार्टफोन प्रयोगकर्ता मध्ये ३ प्रतिशतले विन्डोज स्मार्टफोन प्रयोग गर्ने गरेका छन् । एन्ड्रोइड अपरेटिङ सिस्टम प्रयोग गर्ने भने ७० प्रतिशत रहेका छन् ।
 
माइक्रोसफ्टले आफ्नो नयाँ स्मार्टफोन अपरेटिङ सिस्टम विन्डोज १० छिटै सार्वजनिक गर्ने तयारी ग्ारेको छ । त्यसैले आफ्ना फोन प्रयोगकर्ताहरुले भोग्नुपर्ने समस्याका विषयमा उसले प्रष्ट पार्न चाहेको छ ।