मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

प्रवासी नेपाली मंच अमेरिकाको टेक्सास राज्य कमिटीको वैठक भर्खरै सम्पन्न

प्रवासी नेपाली मंच अमेरिकाको टेक्सास राज्य कमिटीको वैठक भर्खरै सम्पन्न


हिमालय खबर टेक्सास I प्रवासी नेपाली मंच अमेरिकाको टेक्सास राज्य कमिटीको वैठक भर्खरै सम्पन्न भएको छ l  उक्त कमिटीका उपाध्यक्ष देवी प्रसाद पाण्डे (दिपक) को अध्यक्षता बसेको वैठकमा नेकपा एमाले अध्यक्ष तथा पुर्व उपप्रधान तथा परराष्ट्र मन्त्री केपी शर्मा ओलीको सचिवालय सचिव देवेन्द्र दाहालको समेत उपस्थिति रहेको थियो l  प्रवासी नेपाली मंच अमेरिकाका केन्द्रिय कमिटि तथा निकायका जिम्मेवार नेताहरु समेत सहभागी वैठकले तिन मुख्य निर्णय गरेको वुझिएको छ  र निर्णयहरु निम्न छन :
 
१.प्रवासी नेपाली मंच टेक्सासको अध्यक्ष रहनु भएका गोकर्ण दाहाल प्रवासी नेपाली मंच  अमेरिकाको क्षेत्रिय  संयोजकमा छनोट हुनुभएकाले   अध्यक्ष गोकर्ण दाहाललाइ माथिल्लो कमिटीको नेतृत्वमा पुग्न सफल भएकोमा वधाई दिंदै वहाँले  हालसम्म कमिटिको  नेतृत्व प्रदान गर्नु भएकोमा धन्यवाद दिंदै विदाई गरेको  र वाहाँको ठाउमा टेक्सास क्षेत्रका प्रवासी नेपाली मंचका हस्तीहरु मध्यका एक देवी प्रसाद पाण्डे ( दिपक), जो उक्त कमिटिको उपाध्यक्ष समेत हुनुहुन्थ्यो, वहाँलाइ अध्यक्ष चयन गरेको छ l 
 
२. प्रवासी नेपाली मंच अमेरिकाले नेपालको भुकम्प पिडितहरुको सहयोगार्थ सहयोग अभियान चलाएको वखतमा उक्त राज्यबाट सहयोग गर्ने सवैलाइ धन्यवाद दिने निर्णय गर्नुको साथै अझै थप सहयोगको निम्ति स्थानीय स्तरमा सवै संघ संस्थाहरुसंग सहकार्यको निम्ति पहल गर्ने निर्णय लिएको छ l 
 
३. पुर्व प्रधानमन्त्री तथा नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपालका पुजनीय पिता मङ्गल प्रसाद उपाध्यायको दुखद निधन भएकोमा हार्दिक श्रद्धान्जली अर्पण गर्दै  शोक  सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्ने , नेकपा एमाले वैकल्पिक केन्द्रिय संदस्य प्रतापलाल श्रेष्टकि ममतामयी माता माया श्रेष्ठको दुखद निधन भएकोमाहार्दिक श्रद्धान्जली अर्पण गर्दै  शोक  सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्ने, साथै भूकम्पपछि भत्किएको पानी ट्यांकी मर्मत गरिरहेका कामदारलाई बचाउन खोज्दा आफ्नै जीवनको आहुति दिन  पुगेका युवा संघ नेपालका उपत्यका अध्यक्ष राजेन्द्र श्रेष्ठ प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्ने शोक  सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्ने निर्णय पनि गरेको छ  l 
 
वैठक समापन पश्चात " अव प्रवासी नेपाली मंच टेक्सास कुन ढङ्गले अगाढी वढ्छ ?" भन्ने प्रश्नको उत्तर दिंदै नवनियुक्त अध्यक्ष देवी प्रसाद पाण्डे ( दिपक)  ले अव संगठन  नया जोश र जाँगर अनि अभूतपूर्व एकता सहित सामाजिक कार्यमा  अगाढी वढ्ने प्रतिक्रिया दिनु भयो l