मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सोमबार १४७४ जनामा कोरोना संक्रमण, १९३१ जना डिस्चार्ज, थप २९ जनाको मृत्यु

सोमबार १४७४ जनामा कोरोना संक्रमण, १९३१ जना डिस्चार्ज, थप २९ जनाको मृत्यु

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपालमा सोमबार १४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार सोमबार थप २९ सहित १५०८ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घन्टामा थप १९३१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या २ लाख १४ हजार ५२१ पुगेको छ । जुन कुल संक्रमितको ९१.८९ प्रतिशत हो । 

काठमाडौँ उपत्यकामा थप ८०९ जना संक्रमित थपिएका छन् । काठमाडौँका ६१५, ललितपुरका १२५ र भक्तपुरका ६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।    

हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या १ लाख ९ हजार २१ पुगेको छ । जसमा काठमाडौँमा कुल ८७ हजार ८९३ संक्रमित भएका छन् । जसमा ५४ हजार १२ जना पुरुष र ३३ हजार ८८१ महिला छन् ।    

यस्तै, ललितपुरमा ७ हजार २७३ जना पुरुष र ५ हजार ९२३ महिला गरी १३ हजार १९६ जना संक्रमित भएका छन् भने भक्तपुरमा ४ हजार ४५० पुरुष र ३ हजार ४८२ महिला गरी ७ हजार ९३२ जना रहेका छन् ।   

मोरङ, सिरहा, ललितपुर, काठमाडौँ, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी सक्रिय सङ्क्रमित रहेका छन् । ७७ जिल्लामध्ये कोभिड–१९ शून्य भएको जिल्ला मनाङ मात्र रहेको छ । 

स्वास्थ्य मन्त्रालयको विवरणअनुसार पछिल्लो २४ घन्टामा देशभरका प्रयोगशालामा थप ९ हजार ९११ जनासहित हालसम्म १७ लाख ३७ हजार ७४७ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ । हाल देशभरका क्वारेन्टाइनमा ५३५ जना र आइसोलेसनमा १७ हजार ४२३ जना रहेका छन् ।