मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

आइतबार १२५५ जनामा कोरोना संक्रमण, थप २५ जनाको मृत्यु

आइतबार १२५५ जनामा कोरोना संक्रमण, थप २५ जनाको मृत्यु


काठमाडौँ । नेपालमा आइतबार १२५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार आइतबार थप २५ सहित १४७९ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घन्टामा थप १४०४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या २ लाख १२ हजार ५९० पुगेको छ । जुन कुल संक्रमितको ९१.६४ प्रतिशत हो । 

काठमाडौँ उपत्यकामा थप ५४८ जना संक्रमित थपिएका छन् । काठमाडौँका ४२२, ललितपुरका ६१ र भक्तपुरका ६५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।    

हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या १ लाख ८ हजार २१२ पुगेको छ । जसमा काठमाडौँमा कुल ८७ हजार २७८ संक्रमित भएका छन् । जसमा ५३ हजार ६६७ जना पुरुष र ३३ हजार ६११ महिला छन् ।    

यस्तै, ललितपुरमा ७ हजार २०९ जना पुरुष र ५ हजार ८६२ महिला गरी १३ हजार ७१ जना संक्रमित भएका छन् भने भक्तपुरमा ४ हजार ४११ पुरुष र ३ हजार ४५२ महिला गरी ७ हजार ८६३ जना रहेका छन् ।   

मोरङ, सिरहा, ललितपुर, काठमाडौँ, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी सक्रिय सङ्क्रमित रहेका छन् । ७७ जिल्लामध्ये कोभिड–१९ शून्य भएको जिल्ला मनाङ मात्र रहेको छ । 

स्वास्थ्य मन्त्रालयको विवरणअनुसार पछिल्लो २४ घन्टामा देशभरका प्रयोगशालामा थप ८ हजार ८ जनासहित हालसम्म १७ लाख २७ हजार ८३६ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ । हाल देशभरका क्वारेन्टाइनमा ६३२ जना र आइसोलेसनमा १७ हजार ९०९ जना रहेका छन् ।