मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

वैज्ञानिकको हत्याको आरोप लगाउँदै इरानद्वारा इजरायलमाथि बदला लिने चेतावनी

वैज्ञानिकको हत्याको आरोप लगाउँदै इरानद्वारा इजरायलमाथि बदला लिने चेतावनी


तेहरान । इरानका एक वरिष्ठ परमाणु वैज्ञानिकको हत्याको आरोप इजरायलमाथि लगाउँदै राष्ट्रपतिले आफ्नो देशका पारमाणविक कार्यक्रमलाई कमजोर र सुस्त नबनाइने बताएका छन् ।  

राष्ट्रपति हसन रौहानीले वैज्ञानिक मोहसिन फख्रिजादेहको हत्याको इरानले उपयुक्त समयमा बदला लिने चेतावनीसमेत दिएका छन् ।  

इरानको पारमाणविक कार्यक्रमलाई अगाडि बढाउने प्रमुख व्यक्ति फख्रिजादेह नै भएको बताउँदै आएको इजरायलले त्यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया जनाइसकेको छैन । 

परमाणु वैज्ञानिक फख्रिजादेहको हत्यासँगै इरानको पारमाणविक कार्यक्रमलाई लिएर अमेरिका र उसका साझेदार मुलुकहरूसँग तनाव बढ्ने चिन्ता व्यक्त हुन थालेको छ ।

राजधानी तेहराननजिकै इरानका वरिष्ठतम वैज्ञानिक मोहसिन फख्रिजादेहको हत्या गरिएको त्यहाँको रक्षा मन्त्रालयले यसअघि पुष्टि गरेको थियो । दमावन्द काउन्टीमा पर्ने अवशार्दस्थित अस्पतालमा उपचारका क्रममा उनको निधन भएको थियो ।

इरानका विदेशमन्त्री जवाद जारिफले ‘कुनै राज्यद्वारा गरिएको आतङ्कवादी काम’ भन्दै हत्याको निन्दा गरेका छन् । इरानले आफ्नो पारमाणविक कार्यक्रम नितान्तररूपमा शान्तिपूर्ण उद्देश्यका लागि रहेको बताउँदै प्रर्वद्धित युरेनियमको बढ्दो मात्रामा विकास गरिरहेको ताजा चासोबीच वरिष्ठ वैज्ञानिकको हत्या भएको हो । 

गैरसैनिक ऊर्जा उत्पादन र सैनिक अस्त्र निर्माण दुवैका लागि प्रवर्द्धिधत युरेनियम महत्त्वपूर्ण मानिए पनि इरानले यसलाई आफ्ना विरोधी मुलुकलाई लक्षित गर्नसक्ने आशङ्कासहित यूरेनियम प्रवद्र्धनलाई रोक्न अमेरिका लगायतका विश्वशक्ति राष्ट्रले इरानमाथि दबाब दिँदै आएका छन् । एएफपी