मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा दुई लाख ३० हजार बढी संक्रमित, ९२ प्रतिशत डिस्चार्ज, १४५४ जनाको मृत्यु

नेपालमा दुई लाख ३० हजार बढी संक्रमित, ९२ प्रतिशत डिस्चार्ज, १४५४ जनाको मृत्यु


काठमाडौँ । नेपालमा शनिबार १३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ३० हजार ७२३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार शनिबार थप १९ सहित १४५४ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घन्टामा थप ५१५ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या २ लाख ११ हजार १८६ पुगेको छ । जुन कुल संक्रमितको ९१.५३ प्रतिशत हो । 

काठमाडौँ उपत्यकामा थप ६४५ जना संक्रमित थपिएका छन् । काठमाडौँका ४८९, ललितपुरका १२४ र भक्तपुरका ३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।    

हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या १ लाख ७ हजार ६६४ पुगेको छ । जसमा काठमाडौँमा कुल ८६ हजार ८५६ संक्रमित भएका छन् । जसमा ५३ हजार ४२७ जना पुरुष र ३३ हजार ४२९ महिला छन् ।    

यस्तै, ललितपुरमा ७ हजार १७८ जना पुरुष र ५ हजार ८३२ महिला गरी १३ हजार १० जना संक्रमित भएका छन् भने भक्तपुरमा ४ हजार ३७८ पुरुष र ३ हजार ४२० महिला गरी ७ हजार ७९८ जना रहेका छन् ।   

मोरङ, सिरहा, ललितपुर, काठमाडौँ, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी सक्रिय सङ्क्रमित रहेका छन् । ७७ जिल्लामध्ये कोभिड–१९ शून्य भएको जिल्ला मनाङ मात्र रहेको छ । 

स्वास्थ्य मन्त्रालयको विवरणअनुसार पछिल्लो २४ घन्टामा देशभरका प्रयोगशालामा थप ९ हजार ३६८ जनासहित हालसम्म १७ लाख १९ हजार ८२८ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ । हाल देशभरका क्वारेन्टाइनमा ६१८ जना र आइसोलेसनमा १८ हजार ८३ जना रहेका छन् ।