मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बिहीबार थप १६१४ जनामा कोरोना संक्रमण, १४३७ डिस्चार्ज, एकैदिन २३ जनाको मृत्यु

बिहीबार थप १६१४ जनामा कोरोना संक्रमण, १४३७ डिस्चार्ज, एकैदिन २३ जनाको मृत्यु

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपालमा बिहीबार १६१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या २ लाख २७ हजार ६४० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार बिहीबार थप २३ सहित १४१२ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घन्टामा थप १४३७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या २ लाख ९ हजार ४३५ पुगेको छ । जुन कुल संक्रमितको ९२ प्रतिशत हो । 

काठमाडौँ उपत्यकामा थप ८८७ जना संक्रमित थपिएका छन् । काठमाडौँका ६२०, ललितपुरका १५३ र भक्तपुरका ११४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।    

हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या १ लाख ५ हजार ४१२ पुगेको छ । जसमा काठमाडौँमा कुल ८५ हजार १५२, ललितपुरमा १२ हजार ६१२ र भक्तपुरमा ७ हजार ६४८ जना रहेका छन् ।   

मोरङ, सिरहा, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी सक्रिय सङ्क्रमित रहेका छन् । ७७ जिल्लामध्ये कोभिड–१९ शून्य भएको जिल्ला मनाङ मात्र रहेको छ । 

स्वास्थ्य मन्त्रालयको विवरणअनुसार पछिल्लो २४ घन्टामा देशभरका प्रयोगशालामा थप ९ हजार ४९१ जनासहित हालसम्म १७ लाख जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ । हाल देशभरका क्वारेन्टाइनमा ६८० जना र आइसोलेसनमा १६ हजार ७९३ जना रहेका छन् ।