मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मंगलबार थप १७९० जनामा कोरोना संक्रमण, २७९१ डिस्चार्ज, एकैदिन २४ जनाको मृत्यु

मंगलबार थप १७९० जनामा कोरोना संक्रमण, २७९१ डिस्चार्ज, एकैदिन २४ जनाको मृत्यु

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपालमा मंगलबार १७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या २ लाख २४ हजार ७८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार मंगलबार थप २४ सहित १३६१ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घन्टामा थप २७९१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या २ लाख ४ हजार ८५८ पुगेको छ । जुन कुल संक्रमितको ९१.४२ प्रतिशत हो । 

काठमाडौँ उपत्यकामा थप ९४७ जना संक्रमित थपिएका छन् । काठमाडौँका ६९२, ललितपुरका १९० र भक्तपुरका ६५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।    

हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या १ लाख ४ हजार ७७७ पुगेको छ । जसमा काठमाडौँमा कुल ८४ हजार ५१४, ललितपुरमा १२ हजार ७०१ र भक्तपुरमा ७ हजार ५६२ जना रहेका छन् ।   

मोरङ, सिरहा, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी सक्रिय सङ्क्रमित रहेका छन् । ७७ जिल्लामध्ये कोभिड–१९ शून्य भएको जिल्ला मनाङ मात्र रहेको छ । 

स्वास्थ्य मन्त्रालयको विवरणअनुसार पछिल्लो २४ घन्टामा देशभरका प्रयोगशालामा थप १० हजार ८४३ जनासहित हालसम्म १६ लाख ८१ हजार २९९ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ । हाल देशभरका क्वारेन्टाइनमा ६२७ जना र आइसोलेसनमा १७ हजार ८५९ जना रहेका छन् ।